भारतलाई हराउँदै श्रीलंका ‘ए’ एसिया कप राइजिङ स्टार्सको फाइनलमा « Khabarhub

भारतलाई हराउँदै श्रीलंका ‘ए’ एसिया कप राइजिङ स्टार्सको फाइनलमा


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ओपनरद्वय लसिथ क्रुसपुले र सिनेथ जयवर्द्धनेको शतकीय पारीको मद्दतले भारत ‘ए’ लाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंका ‘ए’ एसिया कप राइजिङ स्टार्सको फाइनलमा प्रवेश गरेको छ ।

कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहीबार राति सम्पन्न पहिलो सेमिफाइनलमा भारत ‘ए’ ले दिएको ३ सय १८ रनको विशाल लक्ष्य श्रीलंकाले ४१ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो ।

श्रीलंकाको सहज जितमा ओपनर लसिथ क्रुसपुले र सिनेथ जयवर्द्धनेले पहिलो विकेटका लागि २१ ओभर ३ बलमा १ सय ७४ रनको सानदार साझेदारी गर्दै जितको बलियो आधार तयार पारेका थिए । प्लेयर अफ द म्याच घोषित जयवर्द्धनेले आक्रामक ब्याटिङ गर्दै ७० बलमा १० चौका र ६ छक्काको सहयोगमा १ सय ५ रन बनाए । 

यस्तै, क्रुसपुलेले १ सय ७ बलको सामना गर्दै १२ चौका र ३ छक्का प्रहार गरी १ सय १६ रनको सर्वाधिक योगदान दिए ।

त्यसपछि निशान मदुष्का र कप्तान पवन रत्नायकेले तेस्रो विकेटका लागि अविजित ५३ रनको साझेदारी गर्दै ५१ बल बाँकी छँदै टोलीलाई जित दिलाए । 

मदुष्काले ५६ बलमा ५ चौका र १ छक्कासहित ५८ रन तथा रत्नायकेले १६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३१ रनमा अविजित रहे । भारतका हर्षित राणा र शाहबाज अहमदले १–१ विकेट लिए पनि अन्य बलर महँगो साबित भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारत ‘ए’ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १७ रनको योगफल खडा गरेको थियो । भारतका लागि ओपनर अभिषेक शर्माले ६३ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ७८ रन बनाए । 

यस्तै, शाहबाज अहमदले ४८ बलमा ४ छक्का प्रहार गर्दै अविजित ५४ रन र कप्तान तिलक बर्माले ६६ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले । वैभव सूर्यवंशीले २७ बलमा ४० रन तथा तनुष कोटियनले २८ रन जोडे ।

बलिङतर्फ श्रीलंकाका निपुन धनन्जय, रविन्दु फर्नान्डो र जनिथ लियानागेले समान २-२ विकेट हात पारे भने गरुका संकेथ र लाहिरु समाराकुनको नाममा १–१ विकेट रह्यो ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ७ : ३१ बजे

बर्सेनि एक करोड २० लाख बालिकाको बालविवाह, अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौँ– विश्वभर बर्सेनि करिब एक करोड २० लाख बालिकाको १८

भारतलाई हराउँदै श्रीलंका ‘ए’ एसिया कप राइजिङ स्टार्सको फाइनलमा

काठमाडौँ – ओपनरद्वय लसिथ क्रुसपुले र सिनेथ जयवर्द्धनेको शतकीय पारीको

आजको तरकारी र फलफूलको मूल्य सार्वजनिक, कुनको कति ?

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम

झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

झापा– झापा कारागारमा क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी रहेका छन् ।