लुम्बिनीका निषेधित क्षेत्रका पसल २४ घण्टाभित्र हटाउन निर्देशन « Khabarhub

लुम्बिनीका निषेधित क्षेत्रका पसल २४ घण्टाभित्र हटाउन निर्देशन


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा राखिएका पसलहरू २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ ।

कोषले सार्वजनिक सूचना जारी गर्दै भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित पवित्र उद्यान क्षेत्र, शान्ति द्वीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा कोषको स्वीकृतिबिना पसल सञ्चालन तथा राखिएकोप्रति ध्यानाकर्षण गराएको हो ।

कोषले २०८३ भदौ १९ गतेदेखि लागू हुने गरी सूचना जारी भएको २४ घण्टाभित्र त्यस्ता पसल हटाई लैजान सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

तोकिएको समयभित्र पसल नहटाए प्रचलित कानुनअनुसार कारबाही हुनेसमेत कोषले चेतावनी दिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  १२ : १६ बजे

तीन जिल्लामा आठ बिघाभन्दा बढी क्षेत्रफलको गाँजाखेती नष्ट

काठमाडौँ – प्रहरीले बागमती प्रदेशका तीन जिल्लामा आठ बिघा पाँच

वैकल्पिक आवासबिना सुकुम्बासीलाई फेरि विस्थापित नगरियोस् : कुलमान घिसिङ

काठमाडौँ– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वैकल्पिक आवासको सुनिश्चितताबिना सुकुम्बासी

‘नबिल एसएसई’ को पाँच वर्ष पूरा : १५८० जना प्रशिक्षित, ३१८ उद्यम स्थापना, १९ हजार बढी रोजगारी सिर्जना

काठमाडौँ–  नबिल बैंक लिमिटेडको प्रमुख संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल स्कुल

बाँकेमा अझै सुरु भएन धान खरिद प्रक्रिया

राँझा– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेमा धान खरिद

इरानसँग चीन र रुसको संलग्नता न्यून रहेको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वमा चीन र रुसको