६३ वर्षपछि पुनर्निर्माण भयो राराको ऐतिहासिक महेन्द्र चौतारी « Khabarhub

६३ वर्षपछि पुनर्निर्माण भयो राराको ऐतिहासिक महेन्द्र चौतारी


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालस्थित ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण गरिएको छ । लामो समयदेखि संरक्षण र मर्मतसम्भारको अभावमा जीर्ण बनेको चौतारी नेपाली सेनाको पहलमा पुनर्निर्माण गरिएको हो ।

रारा राष्ट्रिय निकुञ्जको हुटुस्थित नेपाली सेनाको हनुमान ध्वज गुल्मको अग्रसरतामा विभिन्न सरकारी निकाय, स्थानीय संस्था तथा व्यवसायीको सहकार्यमा चौतारी पुनर्निर्माण गरिएको हो । पुनर्निर्माण सम्पन्न भएपछि उत्तरपश्चिम पृतनाका पृतनापति उपरथी पदमबहादुर बुढाले चौतारीको उद्‌घाटन गरेका छन् ।

स्थानीय समाजसेवी बिर्खबहादुर रोकायाका अनुसार विसं २०२० मा तत्कालीन राजा महेन्द्र वीरविक्रम शाह रारा भ्रमणमा आएका बेला मिलिचौरमा आफ्नै नाममा उक्त चौतारी निर्माण गरेका थिए ।

स्थानीय बुढापाकाका अनुसार राजा महेन्द्रले यही चौतारीमा बसेर राराको प्राकृतिक सौन्दर्यबाट प्रभावित हुँदै ‘हिमालमा नेपाल कहाँबाट झर्‍यौ तिमी, स्वर्गकी अप्सरा रारा’ कविता रचना गरेका थिए । राजा महेन्द्रको रारा भ्रमण र कवितासँग जोडिएको प्रसङ्गले चौतारीलाई ऐतिहासिक महत्व दिएको रोकायाले बताए ।

विसं २०२० मा निर्माण भएको चौतारी उचित संरक्षण र मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएको थियो । समयमै संरक्षण हुन नसक्दा ऐतिहासिक सम्पदा नै लोप हुने जोखिम बढेपछि पुनर्निर्माण गरिएको हो ।

चौतारी पुनर्निर्माणमा रारा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, डाँफे होटल तथा लज, मष्टो कुलदेवता प्रतिष्ठान, स्मार्ट कटेज तथा रेष्टुरेन्ट र मनकामना रिसोर्टलगायत संस्थाले सहयोग गरेका छन् ।

रारा तालको किनारमा रहेको मिलिचौर खुला चौर र तालको मनोरम दृश्यावलोकनका लागि परिचित छ । पुनर्निर्माणपछि महेन्द्र चौतारी रारा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आकर्षण बन्ने अपेक्षा गरिएको छ । पर्यटकले चौतारीमा बसेर तालको दृश्यावलोकन गर्नुका साथै तस्बिर तथा श्रव्यदृश्य खिच्ने गरेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  १२ : ०२ बजे

लुम्बिनीका निषेधित क्षेत्रका पसल २४ घण्टाभित्र हटाउन निर्देशन

काठमाडौं– लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा राखिएका पसलहरू

६३ वर्षपछि पुनर्निर्माण भयो राराको ऐतिहासिक महेन्द्र चौतारी

मुगु – कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालस्थित ऐतिहासिक

बाढीले पुल बगाएपछि बुढीगण्डकीमा तुइन जडान

गोरखा– बाढीले झोलुङ्गे पुल बगाएपछि गोरखाको धार्चे गाउँपालिकाका बासिन्दालाई नदी

सूर्यविनायक–धुलिखेल सडक अझै अधुरै (तस्बिरहरू) 

काठमाडौं– अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना चार वर्षदेखि निर्माणाधीन

युरोपमा सैन्य आक्रमण रोक्न पुटिनलाई ट्रम्पको आग्रह

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युरोपभरि