तीन जिल्लामा आठ बिघाभन्दा बढी क्षेत्रफलको गाँजाखेती नष्ट « Khabarhub

तीन जिल्लामा आठ बिघाभन्दा बढी क्षेत्रफलको गाँजाखेती नष्ट


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले बागमती प्रदेशका तीन जिल्लामा आठ बिघा पाँच कट्ठा क्षेत्रफलमा लगाइएको अवैध गाँजाखेती नष्ट गरेको छ ।

मकवानपुर, धादिङ र सिन्धुलीमा मङ्सिर १ देखि ८ गतेसम्म सञ्चालन गरिएको अभियानका क्रममा प्रहरीले गाँजाखेती फडानी गरेको हो ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद धमलाका अनुसार मकवानपुरमा पाँच बिघा, धादिङमा दुई बिघा १२ कट्ठा र सिन्धुलीमा १३ कट्ठा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको छ ।

लागूऔषध नियन्त्रण तथा विशेष कारबाही कार्ययोजना–२०८२ अनुसार चाडपर्वपछि लागूऔषध नियन्त्रण अभियानलाई तीव्रता दिइएको प्रवक्ता धमलाले बताए ।

गाँजाखेती फडानीका लागि तीनवटै जिल्लामा ९५ जना प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  १२ : ३७ बजे

नियमित प्रहरी गस्तीमा ९ जिल्लाबाट १७ जना पक्राउ

काठमाडौँ – नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका नौ जिल्लाबाट

मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्याल म्याद थपका लागि सरकारी वकिल कार्यालयमा 

काठमाडौं– मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा नेपाल–भारत सीमा

युरोपेली बजेटबारे ले पेनसँग म्याक्रोँको विवाद

काठमाडौँ – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र अति दक्षिणपन्थी नेतृ मरिन

नागढुङ्गा सुरुङमार्ग प्रवेशका लागि आवश्यक एन-ट्याग अब सानिमा बैंकबाट

काठमाडौं-  सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङबाट यात्रा गर्न आवश्यक पर्ने आरएफआईडी  प्रविधिमा

तीन जिल्लामा आठ बिघाभन्दा बढी क्षेत्रफलको गाँजाखेती नष्ट

काठमाडौँ – प्रहरीले बागमती प्रदेशका तीन जिल्लामा आठ बिघा पाँच