सप्तरी- सप्तरीमा पछिल्लो नौ महिनाको अवधिमा एक हजार २६ जना मतदाता थपिएका छन् । यससँगै जिल्लामा कुल मतदाताको सङ्ख्या चार लाख ४७ हजार ४२८ पुगेको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख रञ्जित कार्कीका अनुसार २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका बेला सप्तरीमा चार लाख ४६ हजार ४०२ मतदाता थिए ।
हाल जिल्लामा पुरुष दुई लाख ३४ हजार १६, महिला दुई लाख १३ हजार ३९० र अन्य २२ जना मतदाता रहेका छन् । पछिल्लो नौ महिनामा पुरुषतर्फ ९२० र महिलातर्फ १०७ मतदाता थपिएका छन् ।
जिल्लाका १८ स्थानीय तहमध्ये राजविराज नगरपालिकामा सबैभन्दा बढी ४५ हजार ४६ मतदाता रहेका छन् । त्यस्तै खडक नगरपालिकामा ३३ हजार ८४, सुरुङ्गा नगरपालिकामा ३२ हजार २३९, हनुमाननगर कङ्कालिनी नगरपालिकामा ३० हजार ५३१, डाक्नेश्वरी नगरपालिकामा ३० हजार ३९६ र बोदेबर्साइन नगरपालिकामा ३० हजार ३०७ मतदाता छन् ।
यसैगरी कञ्चनरूप नगरपालिकामा ३७ हजार ८६४, शम्भुनाथ नगरपालिकामा २५ हजार ५२ र सप्तकोशी नगरपालिकामा १५ हजार ८८८ मतदाता कायम रहेका छन् ।
गाउँपालिकातर्फ तिलाठी कोइलाडीमा २१ हजार ६३८, अग्निसाइर कृष्णासवरणमा २० हजार १२, छिन्नमस्तामा १९ हजार ८९६, रुपनीमा १९ हजार ७०१, राजगढमा १९ हजार ५८४, महादेवामा १८ हजार ७९१, विष्णुपुरमा १६ हजार ६९१, बलानबिहुलमा १५ हजार ४७८ र तिरहुतमा १५ हजार २८६ मतदाता रहेका छन् ।

















प्रतिक्रिया