पूजा शर्माको पहिलो सटसँगै सुरु भयो ‘सेतो कोट’ « Khabarhub

पूजा शर्माको पहिलो सटसँगै सुरु भयो ‘सेतो कोट’

त्रिवि परिसरबाट छायाङ्कन थालियो


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री पूजा शर्माको पहिलो सटसँगै नयाँ नेपाली फिल्म ‘सेतो कोट’को छायाङ्कन सुरु भएको छ । निर्माण टिमले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा क्यामेरा पूजा गर्दै फिल्मको छायाङ्कन प्रारम्भ गरेको हो ।

शिवम अधिकारीको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मको छायाङ्कन काठमाडौं र मकवानपुरका विभिन्न स्थानमा गरिनेछ । निर्माण पक्षले पुसको पहिलो सातासम्म छायाङ्कन सक्ने लक्ष्य राखेको छ ।

मिनु शर्मा प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा पूजा शर्मासँगै नीर शाह, अशोक दर्जी, सुमित्रा दाहाल, पवन खतिवडा ‘बाबा’ र विष्णु सापकोटा ‘हर्के हवलदार’ मुख्य कलाकारका रूपमा छन् ।

त्यस्तै, साम्राज्ञी थापा, सम्मान थापा, रामेश्वर रिजाल, दीपेन्द्र भण्डारी, कपिल खड्का, सुप्रिया शर्मा, फलित राई, सुरेश थापा मगर, सरिता अधिकारी र शङ्कर श्रेष्ठलगायत कलाकारको पनि अभिनय रहनेछ ।

फिल्ममा मिनु शर्मा ‘सपना’ र सन्देश थापा ‘काजी’ निर्माता तथा फणीन्द्र तामाङ कार्यकारी निर्माता छन् । सौरभ लामाले छायाङ्कन गर्ने फिल्मको सम्पादन बन्दे प्रसादले गर्नेछन् भने संगीतको जिम्मेवारी स्टिभ सङ्करले सम्हालेका छन् ।

कलाकार र प्राविधिकको ठूलो समूहसहित निर्माण थालिएको ‘सेतो कोट’को शीर्षकले नै दर्शकमाझ उत्सुकता जगाएको छ । यद्यपि, फिल्मको कथावस्तुबारे भने निर्माण पक्षले विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  २ : ३६ बजे

इटहरीमा आतिफ अस्लमको कन्सर्ट, १० हजार भारतीय दर्शक भित्र्याउने लक्ष्य

काठमाडौं– पाकिस्तानी गायक आतिफ अस्लमको लोकप्रिय आवाज अब पूर्वी नेपालको

‘निर्वाचनसम्बन्धी अनुसन्धान र प्रमाणमा आधारित नीति निर्माणमा ध्यान आवश्यक’

ललितपुर– पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनसम्बन्धी अनुसन्धान र प्रमाणमा

भैरहवा हवाई प्रवेशमार्गसम्बन्धी सहमति सकारात्मक : महासचिव पोखरेल

गण्डकी– नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा

पूजा शर्माको पहिलो सटसँगै सुरु भयो ‘सेतो कोट’

काठमाडौं– अभिनेत्री पूजा शर्माको पहिलो सटसँगै नयाँ नेपाली फिल्म ‘सेतो

सामाजिक सञ्जालका ‘ज्ञानी’ माथि दीपकराजको व्यंग्य, ‘लाखौँ सुकरात, ओशो र बुद्ध जन्मिए’

काठमाडौं– सामाजिक सञ्जालमा पछिल्लो समय हरेक विषयमा ज्ञान बाँड्ने र