काठमाडौ– राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न प्रधानमन्त्री वालेन्द्र शाह महाराजगञ्जस्थित शीतलनिवास पुगेका छन् ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले शीतलनिवासमै राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको केही समयपछि प्रधानमन्त्री पुगेका हुन् ।
आफ्नो भारतको भ्रमणबारे राष्ट्रपतिलाई जानकारी दिन प्रधानमन्त्री शाह शीतलनिवास पुगेका हुन् । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेटवार्ता नगरेपछि विभिन्न टिका टिप्पणी हुँदै आएको थियो ।

















प्रतिक्रिया