पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने पोखरेल पक्राउ « Khabarhub

पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने पोखरेल पक्राउ


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफलाइन पठाओ सेवामार्फत सामान डेलिभरी गरिदिने बहानामा यात्रुहरूको सामान लिएर फरार हुने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–११ घर भई हाल काठमाडौँको बानियाटार बस्ने ६१ वर्षीय हरिबहादुर पोखरेल रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनलाई आज पक्राउ गरिएको हो । काठमाडौँको बसपार्क क्षेत्रमा अफलाइन पठाओ स्कुटर सञ्चालन गर्ने व्यक्तिले उपत्यकाबाहिरबाट आएका यात्रुलाई सामान गन्तव्यसम्म पुर्‍याइदिने भन्दै सामान लिएर फरार हुने गरेको जनगुनासो प्रहरीसमक्ष पुगेको थियो ।

उक्त गुनासोका आधारमा प्रहरी प्रभाग गोँगबु र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पोखरेललाई फेला पारेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पोखरेललाई बा.६३ प ८३४३ नम्बरको स्कुटरसहित नियन्त्रणमा लिइएको हो । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ५ : १९ बजे

महिलाको आर्थिक सहभागिता बढेसँगै मलेसियामा लैङ्गिक असमानता घट्दै

क्वालालम्पुर- महिलाको आर्थिक सहभागिता र रोजगारीका अवसरमा सुधार आएसँगै मलेसियामा

पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने पोखरेल पक्राउ

काठमाडौँ- अफलाइन पठाओ सेवामार्फत सामान डेलिभरी गरिदिने बहानामा यात्रुहरूको सामान

प्रधानमन्त्री कार्यालयको पछिल्ला साताको प्रगति विवरण सार्वजनिक

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पछिल्लो समय कार्यालयबाट भएका प्रगति

प्रशंसा नभई प्रश्न गर्ने सञ्चारमाध्यम आवश्यक : मुख्यमन्त्री थापामगर

काभ्रेपलाञ्चोक– बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशमा सरकार परिवर्तन भए पनि

सरकारले खाना रोकिदियो, चिउरा-दालमोठ खाएर प्रदर्शनमा सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– सरकारले खाना रोकिदिएपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रित सुकुम्वासीले