हिसानको ३०औँ स्थापना दिवस, स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न जोड « Khabarhub

हिसानको ३०औँ स्थापना दिवस, स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न जोड


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले आफ्नो ३०औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।

स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अध्यक्ष प्राडा राजेन्द्रध्वज जोशी, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा तीर्थ खनियाँ र मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा उपेन्द्र कोइरालालगायत सहभागी भएका थिए ।

कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञहरूले नेपालको शैक्षिक अवस्था, शिक्षाको गुणस्तर र उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको बढ्दो प्रवृत्तिबारे धारणा राखेका थिए । उनीहरूले विद्यार्थी पलायन रोक्न स्वदेशमै गुणस्तरीय र अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।

यसका लागि हिसानले आफ्नो भूमिका थप प्रभावकारी बनाउनुपर्ने उनीहरूको भनाइ थियो । हिसानका अध्यक्ष युवराज शर्माले नेपालको शैक्षिक गुणस्तर अभिवृद्धि र शिक्षा क्षेत्रको विकासमा संस्थाले योगदान गर्दै आएको बताए । उनले यस क्षेत्रमा संस्थाका गतिविधिलाई निरन्तरता दिइने जानकारी दिए ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अध्यक्ष प्राडा जोशीले शिक्षा क्षेत्रमा हिसानले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए। उनले संस्थाले आफ्नो योगदानलाई थप विस्तार गर्दै लैजानुपर्ने धारणा राखे । स्थापना दिवसकै अवसरमा हिसानले आज बिहान काठमाडौँमा म्याराथन दौडसमेत आयोजना गरेको थियो।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ६ : ०९ बजे

आन्तरिक विवाद सकियो, अब स्थानीय चुनावको तयारीमा जुटौँ : महामन्त्री संग्रौला

ललितपुर– नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौला पन्तले निर्वाचन आयोगबाट

हिसानको ३०औँ स्थापना दिवस, स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न जोड

काठमाडौँ- उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले

आगलागीबाट पाँच वर्षमा सोलुखुम्बुमा १६ करोडभन्दा बढीको क्षति

सोलुखुम्बु– हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्लो पाँच वर्षको अवधिमा आगलागीका घटनाबाट

‘एमाले जनताको भरोसायोग्य पार्टी बन्नेछ’

दमौली– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीप्रति

शाहरुखको ‘किङ’को रनटाइम सार्वजनिक, ‘पठान’ र ‘जवान’भन्दा लामो हुने

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको आगामी फिल्म ‘किङ’ प्रदर्शनअघि नै