आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ शुक्ल पक्षको नवमी तिथि । तदनुसार सन् २०२६ जनवरी २७ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : आज शुभ दिन रहेको छ । धन लाभ हुनेछ । व्यापार सफल बन्नेछ । परिवारसँगको सम्बन्ध सुधार हुनेछ । प्रेम सम्बन्ध सुखमय बन्नेछ । स्वास्थ्यमा सुधार हुने योग रहेको छ । लामो यात्रा तय हुने दिन छ ।

वृष : यात्रा कष्टकर हुनसक्छ । मन अशान्त बन्ने जोखिम रहेको छ । पढाइमा भन्दा बाहिरका कुरामा समय बढी नै बित्नेछ । साझेदारीमा गरेको व्यापारबाट लाभ हुनेछ ।

मिथुन : मन खुशी हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । विपक्षीले जतिसुकै दु:ख दिए पनि जित तपाईंकै हुनेछ । खर्च बढ्ने जोखिम छ । संकटमा परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कर्कट : मन अशान्त बन्नसक्छ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षालाई महत्त्व दिनुपर्ने दिन छ । शिक्षामा गरेको मिहेनत सफल बन्नेछ । विपक्षी सक्रिय भएकाले सचेत भएर अगाडि बढ्नु राम्रो होला ।

सिंह : दिन सुखद् रहेको छ । तपाईंको लगानीको उचित मूल्यांकन हुनेछ । शिक्षामा जोस र जाँगर बढ्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा दाम्पत्य जीवन सुखमय बन्नेछ ।

कन्या : मन अशान्त बन्नेछ । पेट सम्बन्धी रोगले सताउने जोखिम छ । आफन्तले भन्दा बाहिरका व्यक्तिले तपाईंलाई साथ दिनेछन् । परिवारको इच्छा पूरा गर्न नसक्दा मनमा खटपटी बढ्नेछ । आज यात्रा नगर्नु उचित देखिन्छ ।

तुला : दाजुभाइसँगको सहकार्यबाट फाइदा हुनेछ । शिक्षामा गरेको प्रयासबाट राम्रो नतिजा प्राप्त हुनेछ । राज्यको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ । सामाजिक सेवाको अवसरलाई सदुपयोग गर्नुपर्ने दिन छ ।

वृश्चिक : पुरानो रोगले सताउने छ । शिक्षामा गरेको प्रयासबाट मनमा शान्ति मिल्नेछ । बौद्धिक साथीसँगको भेटघाटमा सक्रिय हुँदा फाइदा हुनेछ । परिवारमा सल्लाह गरेर अगाडि बढेमा तपाईंको काम बन्नेछ ।

धनु : दैनिकी सहज बन्नेछ । साथीको सहयोगमा तपाईंले सोचेका काम बन्नेछन् । वैदेशिक रमझमले मनलाई आकर्षित गर्नेछ । लगानी र श्रम भए फाइदा हुनेछ । स्वास्थ्यले साथ दिनाले दिन सहज बन्नेछ । आज शिक्षाको क्षेत्रमा गरेको प्रयासले नतिजा राम्रो दिनेछ ।

मकर : खर्च बढ्ने योग छ । सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ । आजको दिनमा ठुलो लगानी नगर्नु उचित हुनेछ । परिवारको सहयोग प्राप्त नहुँदा निर्णय क्षमता कमजोर हुनेछ । मन शान्त बनाउन बिहान उठेर पिपलको दर्शन गर्नु उचित हुनेछ ।

कुम्भ : मनमा नयाँ उत्साह थपिनेछ । गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ । शनिदेव अनुकुल भएमा आज ठुलो उन्नति हुनेछ । बिहान उठेर शिवको भजन सुन्नु राम्रो हुनेछ । संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

मीन : महत्त्वपूर्ण निर्णय गर्नुपर्ने दिन छ । बौद्धिक व्यक्तिसँग झुकेर अगाडि बढेमा सोचेको काम बन्नेछ । साना कुराले मन अशान्त बन्नसक्छ । पिपलको दाहिने परिक्रमा मात्र गरेमा मात्र पनि दैनिकी सहज बन्नेछ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ५ : २४ बजे

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश

४५ वर्षदेखि भाँडाको भारी बोकेर घुम्ती व्यापार

म्याग्दी– सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङ २०३७ देखि भाँडाको भारी

कर्णालीमा नसर्ने रोगबाट बालबालिका प्रभावित बन्दै 

सुर्खेत– कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित