फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ « Khabarhub

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी नागरिक बसाइँ सरेका छन् । आर्थिक वर्ष २०८१–८२ मा ५२५ जना बसाइँसराइ गरेका हुन् ।

नगरका विभिन्न वडाबाट १५३ घरपरिवारका ५२५ जना बसाइँसराइ गरेको नगरपालिकाका पञ्जीकाधिकारी अधिकृत ऋषिराम शर्माले बताए । उक्त अवधिमा ३३ जना नगरमा फर्किएर आएका छन् । एघार वडा रहेको नगरपालिकाबाट चालु वर्षमा पनि बसाइँसराइ जानेको दर उल्लेख्य मात्रामा बढेको पाइएको छ ।

फलेवास– ११ बाट धेरै परिवार विस्थापित भएका छन् भने सबैभन्दा थोरै बसाइँसराइ वडा नम्बर ५ खानीगाउँबाट भएको छ । आसन्न निर्वाचनको वर्ष भएकाले पनि मताधिकार बसेको स्थानबाटै प्रयोग गर्न तथा अन्य सेवा सुविधाका लागि बाहिरिने दर बढेको नगरपालिकाका प्रवक्ता अच्युत तिवारीले जानकारी दिए ।

शिक्षा, स्वास्थ्य, यातायात र रोजगारी अवसरको खोजीमा नगरपालिकाबाट बाहिरिनेको दर बढ्दै जान थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीका अनुसार वडा नम्बर १ कार्कीनेटामा दुई जना बसाइँ आएका छन् भने ३५ जना बसाइँसराइ गरी गएका छन् । यसैगरी वडा नम्बर २ थापाठामा आठ जना बसाइँसरी आएका छन् भने ३५ जना बसाइँसराइ गरी गएका छन् । यस्तै वडा नम्बर ३ शङ्करपोखरीमा तीन जना बसाइँसराइ गरी आएका छन् भने ४८ जना बसाइँसराइ गरी गएको नगरपालिकाका तथ्याङ्क रहेको छ ।

फलेवास– ४ मुडिकुवाबाट बसाइँसराइ जानेको सङ्ख्या २९ छ । फलेवास– ५ खानीगाउँमा यसरी जानेको सङ्ख्या २९ रहेको छ भने फलेवास– ६ देवीस्थानमा १७ जना बसाइँसरी आएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए । उक्त वडाबाट ५३ जना बसाइँसरी गएका छन् । फलेवास– ७ लिमीठानामा १८ जना बसाइँसराइ गरी आएका छन् भने ४९ जना गएका छन् । फलेवास– ८ ठानमौलामा ३३ जना बसाइँसराइ गरी गएका छन् । फलेवास– ९ भङ्गरामा दुई जना बसाइँ आएका छन् भने ५२ जना बसाइँसराइ गएका छन् ।

त्यसैगरी, फलेवास– १० कुर्घामा चार जना बसाइँसराइ गरी आएका छन् भने ५० जना बसाइँ सरेर अन्यत्र गएका छन् । फलेवास– ११ पाङ्गराङमा सात जना बसाइँसराइ आएका छन् भने ७१ जना बसाइँसराइ गरी गएका छन् ।

नगरका पञ्जीकाधिकारी ऋषिराम शर्माका अनुसार यो वर्षमात्र एक सय ५३ घरपरिवार नगरपालिकाबाट बसाइँसराइको प्रमाणपत्र लिएर सरेको जानकारी दिए । उनका अनुसार बसाइँसरेर पोखरा, काठमाडौं, चितवन, बुटवललगायत स्थानमा जाने गरेका छन् ।

बसाइँसराइ दर बढ्नुमा नगरमा रोजगारीको अवसर नहुनु पहिलो कारण रहेको उनको दाबी छ । चौबीस हजार ६७८ जनसङ्ख्या भएको नगरपालिकाबाट बर्सेनि बसाइँसराइको दर बढ्दै गएको शर्माको भनाइ छ । सदरमुकामपछिको दोस्रो नगरपालिका रहेको फलेवासमा दोस्रो कार्यकालको तेस्रो वर्षमा बसाइँसराइको दर बढी देखिएको नगरपालिकाले जनाएको छ ।

गाउँगाउँमा सिंहदरबार आएर विकास निर्माणका काम धमाधम बढ्दै गए पनि बस्ती रित्तिँदै जानु दुःखद् पक्ष भएको स्थानीयवासी विकास लम्सालले बताए । उनले स्थानीय सरकारले रोजगारीको सृजना र स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरी गाउँमै बस्ने र कमाउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ११ : १४ बजे

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त

राष्ट्र बैंकको निर्देशन : निष्क्रिय खाता न्यूनीकरणका लागि कार्ययोजना बनाएर लागू गर्नुपर्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या

ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं-  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले

आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई कडा चेतावनी

दुबई- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह

सिनामङ्गल–बानेश्वर क्षेत्रमा वाग्मती सफाइ, दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै