खगेन्द्रको स्पष्टोक्ति : ‘म शाकाहारी हुँ, विपक्षीले बदनाम गर्न गाई खान पाउने भिडियो हाले’ « Khabarhub

खगेन्द्रको स्पष्टोक्ति : ‘म शाकाहारी हुँ, विपक्षीले बदनाम गर्न गाई खान पाउने भिडियो हाले’


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार खगेन्द्र सुनारले आफू शुद्ध शाकाहारी भएको स्पष्ट पारेका छन् । केही दिनयता सामाजिक सञ्जाल र मिडियामा ‘मटन खान पाइन्छ भने गाई खान पनि पाउनुपर्छ’ भन्ने अभिव्यक्तिसहितको भिडियो क्लिप भाइरल भएपछि उनले आपत्ति जनाएका हुन् ।

सुनारका अनुसार उक्त भिडियो पुरानो एक पोडकास्टको अंश हो, जसलाई चुनाव नजिकिँदै गर्दा काटछाँट गरी भ्रामक रूपमा प्रसारण गरिएको हो । यसले आफूलाई बदनाम गर्ने उद्देश्य राखिएको उनको भनाइ छ ।

उनले फेसबुक लाइभमार्फत सबैको धर्म, आस्था र सामाजिक सद्भावको सम्मान गर्ने व्यक्ति आफू भएको बताउँदै गलत प्रचार नगर्न आग्रह गरेका छन् । राष्ट्रिय जनावर गाई खानुपर्छ भन्ने भावको अडियो जोडेर फोटो तथा भिडियो सार्वजनिक गरिएकोप्रति पनि उनले गम्भीर आपत्ति जनाएका छन् ।

सुनारले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म शुद्ध शाकाहारी हुँ । कुनै पनि पशुपंक्षी हत्याको पक्षमा छैन । सबैको धार्मिक आस्था र सामाजिक सद्भावको सम्मान गर्दछु । पछिल्लो समय प्रविधिको दुरुपयोग गरी मेरो फोटो र भिडियोमा गाई खानुपर्छ भन्ने भावको अडियो जोडेर बदनाम गराउने विपक्षीको क्रियाकलापप्रति हामी सचेत छौं ।’

उनले थप लेखेका छन्, ‘भाइ मारेकाले गाईको मुद्दा उठाएर भाइको मुद्दा दबाउन खोज्दैमा हामी भाग्दैनौं । साकाहारी जोगीलाई मासुको आरोप सुहाउँदैन । भिडियो सत्य होइन । म राष्ट्र र राष्ट्रियताप्रति सदैव प्रतिबद्ध छु ।’

सुनुवारले चुनावी प्रतिस्पर्धाका क्रममा तथ्यहीन र भ्रामक सामग्री फैलाएर चरित्र हत्या गर्ने प्रयासप्रति सजग रहन सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  १ : १२ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली