मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान « Khabarhub

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर १ का उम्मेदवार बनेका यज्ञमणि न्यौपानेले घरदैलो कार्यक्रम औपचारिक रूपमा सुरु गरेका छन् । पार्टी कार्यकर्ता र समर्थकहरूको सहभागितामा न्यौपानेले केराबारी गाउँपालिका–९ बाट घरदैलो अभियान सुरु गरेका हुन् ।

न्यौपाने पेशाले अधिवक्ता हुन् । उनी सार्वजनिक सरोकारका मुद्दा, सुशासन, पारदर्शिता, नागरिक अधिकार, संवैधानिकता र जवाफदेहिताका विषयमा सक्रिय रूपमा आवाज उठाउँदै आएका व्यक्ति हुन् ।

अदालतमा सार्वजनिक महत्वका विषयमा बहस गर्दै आएका न्यौपानेले कानुनी क्षेत्रमा मात्रै होइन, सामाजिक र नागरिक अभियानहरूमा पनि निरन्तर सक्रियता जनाउँदै आएका छन् । रास्वपाबाट उम्मेदवार बनेपछि उनले “राजनीतिमा नयाँ संस्कार, जवाफदेही नेतृत्व र नागरिक केन्द्रित शासन प्रणाली” आफ्नो प्रमुख एजेन्डा भएको बताउँदै आएका छन् ।

घरदैलो अभियानमार्फत न्यौपानेले मतदातासँग प्रत्यक्ष भेटघाट, राय–सल्लाह, सुझाव र गुनासो सुन्ने उद्देश्य लिएको जानकारी दिए । रास्वपाले मोरङ–१ मा घरदैलो अभियानलाई चुनावी प्रचारभन्दा बढी जनसम्पर्क अभियानका रूपमा अघि बढाउने रणनीति लिएको उम्मेदवारको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  २ : २५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा