नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु   « Khabarhub

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८२ वैशाख १ गतेदेखि माघ १२ गतेसम्मको अवधिमा नेपालमा बाढी, पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, वन डढेलो, हावाहुरी, जनावरको आक्रमण, लेक लाग्नु, हिउँ पहिरो आदि गरी ६ हजार ११४ वटा विपद्का घटनामा ४ सय ३१ जनको मृत्यु भएको हो ।

विपद्का घटनामा परी एक हजार ६ सय ७१ जना घाइते भएका छन् भने ३८ जना बेपत्ता छन् । विपद्का घटनामध्ये सबैभन्दा बढी सर्पदंश (सर्पको टोकाइ) बाट  ९७ जनाको मृत्यु भएको छ । 

त्यस्तै आगलागीमा परी ७५, पहिरोमा परी ७१, चट्याङ लागेर ४४, जनावरको आक्रमणमा परी ४३, बाढीमा परी ३७, लेक लागेर ३५, हावाहुरीमा परी ८, भारी वर्षाका कारण ७, हिउँ पहिरोमा परी ६ र वन डढेलोमा परी एकजनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सोही अवधीमा बाढीमा परी २७, पहिरोमा परी ५, हिउँ पहिरोमा परी ५ र जनावरको आक्रमणमा परी एकजना गरी ३८ जना बेपत्ता भएका छन् । 

विपद्का घटनाबाट उक्त अवधीमा ११ हजार ७ सय ३२ परिवार प्रभावित भएका छन् ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ३ : २६ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको