काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले सामाजिक सञ्जालमा स्टन्टबाजी गरेको भरमा जनताको दिमाग चाट्ने काम भइरहेको टिप्पणी गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहलाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । अब एकताबद्ध भएरमात्रै स्टन्टबाजहरूलाई रोक्न सकिने पनि उनले बताएका छन् ।
मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पुराना सहकर्मीहरूलाई एकतामा आउन आह्वान पनि गरे । ‘अब पनि एक्ला एक्लै हिँडेर केही हुनेवाला छैन । राष्ट्रलाई माया गर्ने, कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन, जनताको विकास र समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्न एकताबद्ध हुनुको विकल्प छैन’, उनले भने ।
दाहालले रास्वपालाई लक्षित गर्दै अहिले घण्टी बजाएर केही हुनेवाला अवस्था नरहेको पनि बताएका छन् ।













प्रतिक्रिया