रवि र बालेनलक्षित प्रचण्डको टिप्पणी : स्टन्टबाजहरूले घण्टी बजाएर केही हुनेवाला छैन « Khabarhub

रवि र बालेनलक्षित प्रचण्डको टिप्पणी : स्टन्टबाजहरूले घण्टी बजाएर केही हुनेवाला छैन


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले सामाजिक सञ्जालमा स्टन्टबाजी गरेको भरमा जनताको दिमाग चाट्ने काम भइरहेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहलाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । अब एकताबद्ध भएरमात्रै स्टन्टबाजहरूलाई रोक्न सकिने पनि उनले बताएका छन् ।

मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पुराना सहकर्मीहरूलाई एकतामा आउन आह्वान पनि गरे । ‘अब पनि एक्ला एक्लै हिँडेर केही हुनेवाला छैन । राष्ट्रलाई माया गर्ने, कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन, जनताको विकास र समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्न एकताबद्ध हुनुको विकल्प छैन’, उनले भने ।

दाहालले रास्वपालाई लक्षित गर्दै अहिले घण्टी बजाएर केही हुनेवाला अवस्था नरहेको पनि बताएका छन् ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ४ : १४ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र