उत्तर कोरियाको समुद्रतर्फ अज्ञात क्षेपास्त्र प्रक्षेपण « Khabarhub

उत्तर कोरियाको समुद्रतर्फ अज्ञात क्षेपास्त्र प्रक्षेपण


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाले मंगलबार समुद्रतर्फ अज्ञात प्रकारको क्षेपास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर कोरियाले प्रमुख राजनीतिक बैठकको तयारी गरिरहेका बेला आफ्ना प्रतिद्वन्द्वीहरूसँगको वैमनस्य थप चर्काउँदै सम्भावित हतियार परीक्षण गरेको आशंका गरिएको छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार उक्त प्रक्षेपण मंगलबार उत्तर कोरियाको पूर्वी तटबाट गरिएको हो । मन्त्रालयले जारी गरेको संक्षिप्त विज्ञप्तिमा प्रक्षेपण गरिएको वस्तु मिसाइल हो वा तोपखानासम्बन्धी कुनै हतियार हो भन्ने कुरा स्पष्ट गरिएको छैन । त्यस्तै, प्रक्षेपण कति टाढासम्म पुगेको थियो भन्ने विवरण पनि तत्काल सार्वजनिक गरिएको छैन ।

यस प्रक्षेपणअघि उत्तर कोरियाले जनवरी र त्यसअघि सेप्टेम्बरमा सीमापार दक्षिण कोरियाली निगरानी ड्रोन उडेको आरोप लगाउँदै हालै प्रतिशोधको चेतावनी दिएको थियो । 

तर दक्षिण कोरियाली सरकारले उत्तर कोरियाले दाबी गरेको समयमा आफ्नातर्फबाट कुनै पनि ड्रोन उडान नगरिएको स्पष्ट पारेको छ । साथै, ती ड्रोन सर्वसाधारणले सञ्चालन गरेको हुनसक्ने सम्भावनाबारे पनि छानबिन सुरु गरिएको जनाएको छ ।

विश्लेषकहरूका अनुसार उत्तर कोरियाले उठाएको ड्रोनसम्बन्धी आरोप सम्भवतः जनवरीको अन्त्य वा फेब्रुअरीमा सुरु हुने अपेक्षा गरिएको सत्तारूढ वर्कर्स पार्टीको महत्त्वपूर्ण सम्मेलनअघि दक्षिण कोरियाविरोधी भावना चर्काउने उद्देश्यले गरिएको हुनसक्छ ।

विश्लेषकहरूको भनाइमा, उक्त सम्मेलनका क्रममा नेता किम जोङ उनले कोरियाली प्रायद्वीपमा शत्रुतापूर्ण ‘दुई–राज्य’ प्रणालीको अवधारणालाई पार्टीको संविधानमा औपचारिक रूपमा समावेश गर्नसक्ने सम्भावना छ । यो पाँच वर्षमा आयोजना हुन लागेको पार्टीको पहिलो ठूलो सम्मेलन हुनेछ ।

यसै महिनाको सुरुमा उत्तर कोरियाले हाइपरसोनिक मिसाइलको परीक्षण सफलतापूर्वक सम्पन्न गरेको दाबी गरेको थियो । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किमले ती प्रक्षेपणहरू स्वयं अवलोकन गरेका थिए र देशको आणविक युद्ध प्रतिरोध क्षमतालाई अझ सुदृढ बनाउनु आवश्यक रहेको कुरामा जोड दिएका थिए ।

यसअघि, उत्तर कोरियाले डिसेम्बर महिनामा लामो दूरीका रणनीतिक क्रुज मिसाइल तथा नयाँ एन्टी–एयर मिसाइलहरू प्रक्षेपण गरेको थियो । साथै, उसले पहिलो पटक आफ्नो आणविक–सञ्चालित पनडुब्बी निर्माण भइरहेको स्पष्ट देखिने तस्बिरहरू सार्वजनिक गरेको थियो ।

विश्लेषकहरूले उत्तर कोरियाले आगामी पार्टी सम्मेलनअघि हतियार विकास क्षेत्रमा हासिल गरेका उपलब्धिहरू देखाउने वा तिनको समीक्षा गर्ने उद्देश्यले यस्ता गतिविधि तीव्र बनाएको बताएका छन् ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ४ : ३४ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको