काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्ग निरीक्षण गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले मंगलबार द्रुतमार्ग अन्तर्गत खोकना क्षेत्रको समस्या बुझ्दै द्रुतमार्गको अन्य क्षेत्रको समेत निरीक्षण गरेकी हुन् । सो क्रममा प्रधानमन्त्री कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्याउन नहुनेमा जोड दिइन् ।
आवश्यक परेको खण्डमा रेखाङ्कन र जिरोविन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्ने भन्दै उनले जनताको विश्वासमा आघात नपुग्ने गरी विकास निर्माण अघि बढाउनुपर्ने बताइन् ।
प्रधानमन्त्री कार्कीले भौतिक संरचना लगायतका निर्माण गरिँदा आवश्यक पर्याप्त खाली ठाउँको व्यवस्था मिलाउन समेत सुझाव दिइन् । सो क्रममा प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले आयोजनाको हालसम्मको कार्य प्रगति, चुनौतीलगायतका विषयमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराएका थिए ।














प्रतिक्रिया