संसद् भवन जलाउनेलाई रास्वपाको टिकट, तनुजाको कटाक्ष- राष्ट्रको सम्पत्ति विध्वंश गर्नेको राम्रै मूल्यांकन भएछ « Khabarhub

संसद् भवन जलाउनेलाई रास्वपाको टिकट, तनुजाको कटाक्ष- राष्ट्रको सम्पत्ति विध्वंश गर्नेको राम्रै मूल्यांकन भएछ


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन–जी आन्दोलनकी अगुवा तनुजा पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत् जेन–जी आन्दोलनका क्रममा संघीय संसद् भवन परिसरमा आगजनी र तोडफोडमा संलग्न देखिएका व्यक्तिलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएको भन्दै कडा आलोचना गरेकी छन् ।

पाण्डेले मोरङ क्षेत्र नम्बर २ बाट रास्वपाको टिकट पाएका कृष्णकुमार कार्कीबारे गम्भीर प्रश्न उठाउँदै ‘देश जलाउने विध्वंसकारीलाई परिवर्तनकारी बनाइँदै छ’ भन्ने टिप्पणी गरेकी हुन् ।

उनले लेखेकी छन्, ‘मेरो पुस्ता सडकमा गयो, करको हिसाब माग्यो, परिवर्तनका लागि गोली खायो र मारियो। तर आज सबै विध्वंशको जिम्मा जेन–जीको काँधमा थुपारियो।’

जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा भएको तोडफोड र आगजनीमा कार्की संलग्न रहेको आरोप छ ।

उनी संसद् भवनभित्र प्रवेश गरी कुर्सी जलाउने र तोडफोड गर्ने व्यक्तिहरूमध्ये एक भएको खुलेको छ । त्यही दिनका तोडफोड र आगजनीका दृश्यहरू कार्कीले आफैँ सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए, ती दृश्यहरू अहिले पनि फेसबुक र टिकटकमा भाइरल भइरहेका छन् ।

यस्ता घटनामा संलग्न देखिएका व्यक्तिलाई रास्वपाले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको विषयलाई लिएर सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ । ‘संसद् भवन जलाउने र राष्ट्रिय सम्पत्तिमा क्षति पुर्‍याउने व्यक्ति कसरी उम्मेदवार बन्न योग्य ठहरिए’ भन्ने प्रश्न उठाइएको छ ।

मोरङको रतुवामाई नगरपालिका–९ निवासी कार्की जापानमा बस्दै गर्दा रास्वपा सभापति रवि लामिछानेलाई ‘सहकारी ठग’ भन्दै सार्वजनिक रूपमा कडा आलोचना गर्दै आएका थिए ।

संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि उनले लामिछानेलाई दोषी ठहर गर्दै टिप्पणी गरेका थिए । तर अहिले उनै लामिछाने नेतृत्वको पार्टीबाट उम्मेदवार बनेपछि पार्टीभित्र असन्तुष्टि बढेको बताइएको छ ।

कार्की बालेन टिमबाट उम्मेदवार बनेको बुझिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी दिइएको यो टिकटले रास्वपाको उम्मेदवार छनोट प्रक्रिया र राजनीतिक नैतिकतामाथि थप बहस चर्किएको छ ।

मोरङको रतुवामाई नगरपालिका–९ निवासी कार्की जापानमा बस्दा रास्वपा सभापति रवि लामिछानेलाई ‘सहकारी ठग’ भन्दै सार्वजनिक रूपमा कडा आलोचना गर्दै आएका व्यक्ति हुन् ।

यसका साथै संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि कार्कीले लामिछानेलाई जनावरबाहेक सबैले थाहा पाउने गरी दोषी भएको बताएका थिए ।

तर अहिले उनै लामिछानेको रास्वपाबाट कार्की उम्मेदवार बनेपछि पार्टीभित्र असन्तुष्टि बढेको बताइएको छ । कार्की बालेन टिमबाट उम्मेदवार बनेका हुन् ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ४ : ५६ बजे

डा. केसीको उपचारमा स्वास्थ्यमन्त्रीको चासो, व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन

काठमाडौं– २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल

धर्मेन्द्रको राजीनामापछि जन्तर मन्तरमा उत्साह, कक्रोच नेताले के भने ?

नयाँ दिल्ली– भारतीय ​शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई लिएर कक्रोच

चुच्चे नक्सासहित नयाँ सिक्काको डिजाइन तयार

काठमाडौं– सरकारले एक रुपैयाँको नयाँ सिक्कामा नेपालको चुच्चे नक्सासहितको डिजाइन तयार

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा पत्रमा के छ ? (पूर्णपाठ)

काठमाडौं- भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले परीक्षामा देखिएको अनियमितता र

१७ वर्षपछि फेरि सिप्रिङमा पहिरो : एक जना बेपत्ता, १५ भन्दा बढी घर प्रभावित

दोलखा– दोलखाको गौरीशंकर गाउँपालिका–८ स्थित सिप्रिङ खोला जलविद्युत् आयोजनाको ड्यामस्थलमा