खुम्बु ल्होसार कप-२०२६ माघ २४ गतेदेखि सुरु हुने « Khabarhub

खुम्बु ल्होसार कप-२०२६ माघ २४ गतेदेखि सुरु हुने


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेर्पा समुदायको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता खुम्बु ल्होसार कप–२०२६ यही माघ २४ गतेदेखि सुरु हुने भएको छ ।  

महेन्द्रज्योती भूतपूर्व विद्यार्थी मञ्च, सोलुखुम्बुले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ल्होसार कपको १५औं संस्करण माघ २४ गतेदेखि फागुन ३ गतेसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको फुटबल मैदानमा आयोजना हुने जनाएको हो । 

प्रतियोगितामा कुल ८ टिम सहभागी हुनेछन् । जसमा महेन्द्र ज्योति भूतपूर्व विद्यार्थी मञ्च फराक, नाम्चे युथ ग्रुप, खुम्जुङ युथ क्लब, खुन्दे कम्युनिटी क्लब, ठमिछोवा फुटबल क्लब, अमादब्लाम युथ ग्रुप र जुविङ शेर्पा क्यिदुक सहभागी रहने महेन्द्रज्योती भूतपूर्व विद्यार्थी मञ्च, सोलुखुम्बुका महासचिव पेम्बाछिरी शेर्पाले जानकारी दिए । 

उक्त प्रतियोगितामा प्रथम पुरस्कार एक लाख ५० हजार रुपैयाँ नगद राखिएको छ ।

वार्षिक रूपमा आयोजना हुँदै आएको यस प्रतियोगिताले खुम्बु पासाङल्हामु गाउँपालिकाभित्रका समुदायलाई फुटबलमार्फत एकताबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको आयोजकले जनाएको छ । 

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ५ : ०७ बजे

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र