खुम्बु ल्होसार कप-२०२६ माघ २४ गतेदेखि सुरु हुने « Khabarhub

खुम्बु ल्होसार कप-२०२६ माघ २४ गतेदेखि सुरु हुने


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेर्पा समुदायको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता खुम्बु ल्होसार कप–२०२६ यही माघ २४ गतेदेखि सुरु हुने भएको छ ।  

महेन्द्रज्योती भूतपूर्व विद्यार्थी मञ्च, सोलुखुम्बुले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ल्होसार कपको १५औं संस्करण माघ २४ गतेदेखि फागुन ३ गतेसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको फुटबल मैदानमा आयोजना हुने जनाएको हो । 

प्रतियोगितामा कुल ८ टिम सहभागी हुनेछन् । जसमा महेन्द्र ज्योति भूतपूर्व विद्यार्थी मञ्च फराक, नाम्चे युथ ग्रुप, खुम्जुङ युथ क्लब, खुन्दे कम्युनिटी क्लब, ठमिछोवा फुटबल क्लब, अमादब्लाम युथ ग्रुप र जुविङ शेर्पा क्यिदुक सहभागी रहने महेन्द्रज्योती भूतपूर्व विद्यार्थी मञ्च, सोलुखुम्बुका महासचिव पेम्बाछिरी शेर्पाले जानकारी दिए । 

उक्त प्रतियोगितामा प्रथम पुरस्कार एक लाख ५० हजार रुपैयाँ नगद राखिएको छ ।

वार्षिक रूपमा आयोजना हुँदै आएको यस प्रतियोगिताले खुम्बु पासाङल्हामु गाउँपालिकाभित्रका समुदायलाई फुटबलमार्फत एकताबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको आयोजकले जनाएको छ । 

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ५ : ०७ बजे

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा