अमेरिकी धम्कीपछि क्युबालाई समर्थन गर्ने चीनको वाचा « Khabarhub

अमेरिकी धम्कीपछि क्युबालाई समर्थन गर्ने चीनको वाचा


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– केही हप्ताअघि भेनेजुएलामा हवानाका सहयोगी निकोलस मदुरोलाई हटाएको संयुक्त राज्य अमेरिकाको बारम्बार धम्कीको परिप्रेक्ष्यमा चीनले मङ्गलबार क्युबालाई ‘समर्थन र सहयोग’ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बेइजिङ र हवाना लामो समयदेखि समाजवादी साझेदार रहेका छन् । चिनियाँ अधिकारीहरूले संयुक्त राज्य अमेरिकाले दशकौँदेखि टापुमा लगाएको आर्थिक नाकाबन्दी र प्रतिबन्धहरूको लगातार विरोध गर्दै आएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिना क्युबालाई ‘पतनका लागि तयार’ हुने चेतावनी दिँदा तनाव थपिएको थियो । ट्रम्पले हवानालाई ‘सम्झौता गर्न’ वा भेनेजुएलाजस्तो मूल्य तिर्नुपर्ने चेतावनी दिएका थिए । भेनेजुएलाको सन्दर्भमा जनवरी ३ मा अमेरिकी बम आक्रमणमा मदुरो पक्राउ परेका थिए र दर्जनौँ मानिसको मृत्यु भएको थियो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मंगलबार पत्रकार सम्मेलनमा भने, ‘क्युबामा अमेरिकी कार्यहरूप्रति चीनले गहिरो चिन्ता र विरोध व्यक्त गर्दछ । हामी संयुक्त राज्य अमेरिकालाई क्षेत्रीय शान्ति र स्थिरतालाई कमजोर पार्नबाट रोक्न आग्रह गर्छौं ।’

उनले वासिङ्टनलाई ‘क्युवाविरुद्धको नाकाबन्दी र प्रतिबन्धहरू तुरुन्तै हटाउन’ आह्वान गरे।

प्रवक्ता गुओले भने, ‘चीनले क्युबालाई सकेसम्म धेरै सहयोग र समर्थन प्रदान गर्न जारी राख्नेछ ।’

गत हप्तामा पोलिटिकोल ट्रम्प प्रशासनले क्युबामा हुने सबै तेल आयात रोक्न नौसैनिक नाकाबन्दी गर्ने विकल्प विचार गरिरहेको थियो भनी रिपोर्ट गरेको छ । रिपोर्टअनुसार ऊर्जा आपूर्ति नै शासनलाई कमजोर पार्ने महत्त्वपूर्ण माध्यम हो ।

क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलले शनिबार सैन्य अभ्यासको निरीक्षण गर्दै यसलाई संयुक्त राज्य अमेरिकाको सम्भावित आक्रमणको प्रतिरोधका रूपमा व्याख्या गरे ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ५ : ०४ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा