बालेनबारे हिक्मत कार्कीको टिप्पणी : राजनीति प्रतिस्पर्धा हो, प्रतिशोध होइन « Khabarhub

बालेनबारे हिक्मत कार्कीको टिप्पणी : राजनीति प्रतिस्पर्धा हो, प्रतिशोध होइन


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

झापा- कोशी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमालेका सचिव हिक्मत कार्कीले राजनीति प्रतिशोध नभई प्रतिष्पर्धा भएको बताएका छन् ।

झापाको दमकमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै सचिव कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई लक्षित गर्दै केही उम्मेदवारहरू प्रतिष्पर्धा नभएर प्रतिशोध साँध्न मात्रै आएको बताएका छन् ।

‘केही साथीहरू प्रतिशोध साँध्न झापा ५ आएका छन् । उनीहरू यहाँबाट प्रतिष्पर्धा गर्न सिकेर जानेछन् ’ कार्कीले भने, ‘एमालेले सिद्धान्तको कुरा गर्छ । एमालेले जनताको कुरा गर्छ । प्रतिशोधको राजनीति गर्दैन ।’

एमालेका उम्मेदवार एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले यस क्षेत्रमा २०४८ सालदेखि नै प्रतिनिधित्व गरेकोले उनको योगदानमा यहाँका मतदाता जानकार रहेको कार्कीले बताए ।

‘केपी ओलीलाई झापा ५ मा सामिप्यता छ । सम्बन्ध छ । माया छ । प्रेम छ ’ कार्कीले भने ‘अरू उम्मेद्वारले आफ्नो परिचय दिँदै हिँड्नु पर्ने अवस्था छ । त्यसैले पनि यो एमालेका लागि सहज क्षेत्र हो ।’

सचिव कार्कीले केपी ओलीको निर्वाचन क्षेत्र भएकोले यस क्षेत्रमा राष्ट्रिय अन्तराष्ट्रिय चासो बढेको पनि बताए । कार्कीले जुनसुकै देशी वा विदेशी निकायलाई पनि यस क्षेत्रमा आएर निर्वाचनको माहोल हेरेर जान आग्रह गरे ।

अध्यक्ष ओलीले २०४८ सालमा ओलीले चुनाव लड्दा यस क्षेत्रमा धुलौटे बाटो र पेट्रोलमेक्सको उज्यालोमा चुनावी कार्यक्रम हुने गरेकोमा अहिले अधिकांश सडक पिच, सबै क्षेत्रमा बिजुली पुगेको उनले बताए । अन्य पूर्वाधारका थुप्रै काम भइसकेकोले यहाँको जनताको रोजाइमा ओली नै पर्ने उनले बताए ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ५ : ५२ बजे

‘मिचिएको भूमिबारे भारतसँग बोल्न पो ‘कूटनीतिक च्यानल’ चाहिन्छ, नेपाली थर्काउन मन्त्री नै पर्याप्त’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले निर्माण व्यवसायीको खुट्टा भाँच्ने

इरान टोली : राजनीति र खेलबीच दबाब

एजेन्सी– विश्वकपको मैदानमा प्रवेश गर्नुअघि नै राजनीतिक तनाव, भिसा विवाद

अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा

जापानको कमब्याक, डच टोलीको ‘लक’

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित