आफैं विवादमा परेकी महान्यायाधिवक्ताले युवराज सफललाई पक्राउ गर्न लगाइन् « Khabarhub

आफैं विवादमा परेकी महान्यायाधिवक्ताले युवराज सफललाई पक्राउ गर्न लगाइन्


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सञ्जालमार्फत तथ्यहीन अभिव्यक्ति र गालीबेइज्जती गरेको आरोप लगाउँदै महान्यायाधिवक्ता सविता भण्डारीले युवराज पौडेल सफललाई पक्राउ गर्न लगाएकी छन् ।

भण्डारीले आफ्नो बेइज्जत गरेको भन्दै जानकारी गराएपछि प्रहरीले सफललाई मंगलबार पक्राउ गरेको हो।

महान्यायाधिवक्ता भण्डारी आफैं डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई बचाउन मुद्दा कमजोर पारेको र रवि लामिछाने मुछिएका दुई गम्भीर अभियोग फिर्ताको निर्णयमा मुछिएर गम्भीर विवादमा छिन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता भण्डारीका बारेमा नकारात्मक, अपशब्द, गालीगलौज र बेइज्जतीपूर्ण सामग्री सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा ‘युवराज सफल’ भनिने युवराज पौडेललाई पक्राउ गरिएको जनाएको छ।

प्रहरीका अनुसार पौडेलले विभिन्न मुद्दामा रकम लेनदेन गरी मुद्दा फिर्ता लिइएको भन्ने झूटा आरोपसहित भिडियो बनाइ सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। उक्त सामग्री सम्बन्धमा आवश्यक कारबाही गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले केही दिनअघि पत्र पठाएको थियो।

उक्त पत्रसहित प्राप्त भिडियो क्लिपको अनुसन्धान तथा विश्लेषण गर्दा आरोप पुष्टि हुने आधार देखिएपछि पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन्।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ५ : ४५ बजे

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६