आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल फागुन १५ गते शुक्रबार फागुन शुक्ल पक्षको एकादशी तिथि । आज अमलकी एकादशी व्रत, विश्व गैरसरकारी संस्था दिवस । तदनुसार सन् २०२६ फेब्रुअरी २७ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ । बौद्धिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा भने खटपटी बढ्नेछ ।

वृष : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । धार्मिक भ्रमण हुने योग छ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । बोल्दा सचेत नभएमा पछुतो हुनेछ ।

मिथुन : आज बोलीमा प्रभाव रहने देखिन्छ । तपाईंको बोली परोपकारमा प्रयोग गर्नु फलदायी हुनेछ । आम्दानी र इज्ज्त बढ्नेछ । राज्यको प्रमुख निकायमा सेवाको अवसर मिल्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कर्कट : पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ । दिन खराब भएकाले पिपलको दर्शन गर्नुहोला । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

सिंह : दिन राम्रो छ । परिवारमा रमाइलो भेटघाट हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कन्या : आज गला र कलाको प्रशंसा हुनेछ । साथीको साथ लिएर योजना अनुसार अगाडि बढ्दा फाइदा हुनेछ । आज सोचेका काम बन्ने योग रहेको छ । गुरुको सल्लाह लिनुपर्ने दिन छ ।

तुला : आज शत्रु बढ्नेछन् । महत्त्वपूर्ण निर्णयमा अवरोध खडा हुनेछ । साथीभाइले असहयोग गर्ने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

वृश्चिक : रोगसँग लड्ने क्षमता बढ्नेछ । बौद्धिक क्षेत्रका व्यक्तिको पहुँच रहेकाले राम्रा काम गर्ने हिम्मत गर्नुपर्नेछ । विपक्षीलाई पराजित गर्ने शक्ति मिल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : साथीभाइको सहकार्यबाट फाइदा हुनेछ । व्यापारमा नाफा कमाउने योग छ । खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम छ । बौद्धिक साथीले विपक्षी समूहलाई साथ दिँदा व्यवस्थापनमा कठिनाइ हुनेछ । परिवारको साथ मिल्नेछ ।

मकर : सानो कुराले मन अशान्त बन्नेछ । प्राविधिक शिक्षामा गरेको लगानीबाट सन्तुष्टि प्राप्त हुनेछ । आफूभन्दा ठुलासँग बौद्धिक टकराब हुनेछ । हरेक ठाउँमा अवरोध हुने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

कुम्भ : धार्मिक कार्यमा सहभागी हुने दिन छ । आफूभन्दा ठुलासँग बोल्दा नम्र बन्नुपर्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेममा विश्वास बढ्नेछ ।

मीन : अनुत्पादक क्षेत्रमा खर्च गर्ने बानीले मन उदास बन्नेछ । दातृ संस्थामा गरेको प्रयास सफल बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर रहे पनि सामाजिक क्षेत्रमा हरेक अप्ठेरो परिस्थिति बन्नेछ । परिवारसँग सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ५ : १५ बजे

रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं– सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना