विद्यार्थीसँग एमाले अध्यक्ष ओली « Khabarhub

विद्यार्थीसँग एमाले अध्यक्ष ओली


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा विद्यार्थीसँग छलफल गर्ने भएका छन् ।

आज बिहान ११ बजे दमक स्थित होटल कोरोनेशनमा यस क्षेत्रका विभिन्न कलेज तथा विद्यालयका विद्यार्थीसँग छलफल गर्ने कार्यक्रम तय भएको हो । निर्वाचन लक्षित भेटघाटको क्रममा आज पहिलो कार्यक्रम विद्यार्थीहरूसँग छलफल गर्ने रहेको जनाइएको छ ।

झापा निर्वाचन क्षेत्र नम्बर- ५ नेकपा एमाले निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार विद्यार्थीहरूका अहिलेका समस्या तथा जिज्ञासा सुन्ने छलफलमा उठेका विषय माथि अध्यक्ष ओलीले अन्तरकृया गर्नेछन् । कार्यक्रममा यस क्षेत्रका लगभग ३ सयबढी विद्यार्थी सहभागि रहने अनुमान गरिएको छ ।

दमकमा विद्यार्थीहरूसँगको कार्यक्रम सम्पन्न गरे लगत्तै अध्यक्ष ओली आज दिनभरी नै झापाको गौरादह नगरपालिका अन्तर्गतका बिभिन्न स्थानमा मतदातासँग भेटघाटमा पुग्ने कार्यक्रम रहेको जनाइएको छ। घोषित कार्यक्रम अनुसार गौरादह नपा ४ को खाङ्टामा पुगेर साढे १ बजे स्थानीयसँग भेटघाटको कार्यक्रम रहेको छ । उक्त कार्यक्रम पछि सोही वडाको मियाँ टोलीमा पुगेर भेटघाट गर्नेछन् । 

भेटघाटको क्रममा स्थानीयका समस्या सुन्ने र समाधानको विषयमा अध्यक्ष ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।

मियाँटोलीको भेटघाट पछि उनले सोही वडा अन्तर्गतको ३ बजे दुर्गाचौक मजुवा पुगेर मतदातासँग छलफल गर्नेछन् । यसरी नै साढे ३ बजे फकिरढिपमा भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

समूहगत रुपमा भेटघाट गर्ने कार्यक्रममा स्थानीय बासिन्दाका समस्या, गुनासो सुन्ने समाधानका विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आफ्नो निर्वाचन क्षेत्रका टोलटोलमा पुगेर मसिनो गरि जनताका कुरा सुन्ने र आफ्नो धारणा राख्दै आएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ९ : १० बजे

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध : काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत