टुकुचा खोल्ने नाममा बागबजारको सडक भत्कियो, तीन दिनदेखि सडक अस्तव्यस्त « Khabarhub

टुकुचा खोल्ने नाममा बागबजारको सडक भत्कियो, तीन दिनदेखि सडक अस्तव्यस्त


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले बागबजार क्षेत्रमा तीन दिनअघि टुकुचा खोला खुलाउने काम सुरु गरे पनि त्यसयता कुनै उल्लेखनीय प्रगति भएको छैन ।

खोला खोज्ने भन्दै सडक भत्काइएपछि बागबजार–पुतलीसडक खण्ड अस्तव्यस्त बनेको छ । व्यस्त समयमा सवारी चाप अत्यधिक हुने उक्त क्षेत्रमा सडक नै भत्काइँदा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको हो ।

पुतलीसडक आसपास सवारी साधन लामो समय जाममा बस्न बाध्य भएका छन् । पैदलयात्रु समेत धुलो र अव्यवस्थित सडकका कारण सास्ती खेपिरहेका छन् ।

स्थानीय व्यवसायीले काम अघि नबढाई सडक भत्काएर छाड्दा व्यापार प्रभावित भएको गुनासो गरेका छन् । उनीहरूले काम तीव्र पारेर छिटो व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  १० : ४४ बजे

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध : काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत