कजाकिस्तानमा ग्यास विस्फोट, सात जनाको मृत्यु « Khabarhub

कजाकिस्तानमा ग्यास विस्फोट, सात जनाको मृत्यु


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

अस्ताना– उत्तरी कजाकिस्तानको रिसोर्ट शहर स्चुचिन्सक स्थित क्याफेमा भएको शक्तिशाली ग्यास विस्फोटमा सात जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको स्थानीय मिडियाले शुक्रबार जनाएको छ ।

 मिडिया रिपोर्टका अनुसार क्याफेमा ग्याँस–हावाको मिश्रणले आगो लगाएको अनुमान गरिएको छ, जसले गर्दा रातको बिचमा विस्फोट भएको थियो । 

अकमोला क्षेत्रको बुराबे जिल्लाको आवासीय भवनमा जोडिएको एक तले क्याफेमा आगलागी भए पछि उक्त विस्फोट भएको जनाइएको छ ।

हाल आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको क्षेत्रीय आपत्कालीन विभागले जनाएको छ ।

क्षेत्रीय अधिकारीहरूका अनुसार आगलागीका कारण पाँच जनाको अस्ताना- घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो । 

घाइते मध्ये १३ जनालाई अस्पतालमा भर्ना गरिएको जनाइएको छ । धेरैजसो पीडितहरू  गम्भीर रुपमा जलेको जनाइएको छ ।

विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन् । रासस

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  १ : ३१ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली