देवराज घिमिरेको स्पष्टीकरण : मैले महाकाली सन्धिमा हस्ताक्षर गरेको थिइनँ « Khabarhub

देवराज घिमिरेको स्पष्टीकरण : मैले महाकाली सन्धिमा हस्ताक्षर गरेको थिइनँ


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

झापा- झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले महाकाली सन्धिबारे उठेका जिज्ञासाको जवाफ दिएका छन् ।

सामाजिक सञ्जाल तथा व्यक्तिगत रूपमा सोधिएका प्रश्नलाई लिएर उनले आफूले उक्त सन्धिमा कुनै पनि रूपमा हस्ताक्षर नगरेको दाबी गरेका हुन् ।

घिमिरेले शुक्रबार जारी गरेको विज्ञप्तिमा महाकाली सन्धिबारे आफू स्पष्ट रहेको बताएका छन्। उनले उठेका प्रश्नहरूको जवाफ दिइरहेको पनि उल्लेख गरेका छन्।

सन्धिलाई लिएर भ्रम फैल्याउने प्रयास भएको भन्दै उनले घृणाको राजनीति नगरी अध्ययन र विश्लेषण गर्न सम्बद्ध पक्षलाई आग्रह गरेका छन् ।

केही दिनअघि एक व्यक्तिले भिडियो खिचेर त्यही विषयमा प्रश्न गरेको प्रसंग उल्लेख गर्दै घिमिरेले उक्त गतिविधि नियोजित भएको थाहा पाएपछि आफूले जवाफ नदिएको बताए ।

अहिले उक्त भिडियो अमूक दलको प्रचार सामग्रीका रूपमा प्रयोग भएको दाबी उनको छ । घिमिरेले अमूक दलका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीलााई लक्षित गरेका हुन् ।

‘मैले कुनै पनि सन्धिमा हस्ताक्षर गरेको छैन । त्यस समयमा म सांसद, मन्त्री वा राज्यको कुनै पनि जिम्मेवारीमा थिइनँ,’ घिमिरेले भनेका छन् ।

आफूले लोकतान्त्रिक पार्टीभित्र भएको बहसमा व्यक्तिगत धारणा मात्रै राखेको र त्यसमा पक्ष–विपक्षमा धेरै नेताले विचार राखेको उनले बताएका छन् ।

पार्टीको वैकल्पिक केन्द्रीय सदस्यहरूले छिमेकी देशसँग सन्धि गर्ने हैसियत नै नहुने भन्दै यस्तो आरोप लगाइनु दु:खद भएको घिमिरेले उल्लेख गरे ।

घिमिरेले आफू ५० वर्षदेखि राजनीतिमा सक्रिय रहेको बताएका छन् । उनले राजनीति आफ्ना लागि सेवा भएको जिकिर गरे । बिनाश्रमको एक रुपैयाँ पनि नलिएको बताउँदै उनले ओहोदा वा प्राप्तिका लागि राजनीति नगरेको बताए ।

तीन वर्षअघि प्राप्त जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेको दाबी गर्दै घिमिरेले झापा क्षेत्र नं. २ का मतदातालाई विगत तथा पछिल्लो तीन वर्षको आफ्नो कामको निष्पक्ष मूल्यांकन गर्न आग्रह गरे । आफूबाट कहीँ त्रुटि भेटिए स्वीकार गर्न तयार रहेको उनले बताएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  २ : ५९ बजे

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह

जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री रावल

नारायणगढ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा