देवराज घिमिरेको स्पष्टीकरण : मैले महाकाली सन्धिमा हस्ताक्षर गरेको थिइनँ « Khabarhub

देवराज घिमिरेको स्पष्टीकरण : मैले महाकाली सन्धिमा हस्ताक्षर गरेको थिइनँ


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

झापा- झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले महाकाली सन्धिबारे उठेका जिज्ञासाको जवाफ दिएका छन् ।

सामाजिक सञ्जाल तथा व्यक्तिगत रूपमा सोधिएका प्रश्नलाई लिएर उनले आफूले उक्त सन्धिमा कुनै पनि रूपमा हस्ताक्षर नगरेको दाबी गरेका हुन् ।

घिमिरेले शुक्रबार जारी गरेको विज्ञप्तिमा महाकाली सन्धिबारे आफू स्पष्ट रहेको बताएका छन्। उनले उठेका प्रश्नहरूको जवाफ दिइरहेको पनि उल्लेख गरेका छन्।

सन्धिलाई लिएर भ्रम फैल्याउने प्रयास भएको भन्दै उनले घृणाको राजनीति नगरी अध्ययन र विश्लेषण गर्न सम्बद्ध पक्षलाई आग्रह गरेका छन् ।

केही दिनअघि एक व्यक्तिले भिडियो खिचेर त्यही विषयमा प्रश्न गरेको प्रसंग उल्लेख गर्दै घिमिरेले उक्त गतिविधि नियोजित भएको थाहा पाएपछि आफूले जवाफ नदिएको बताए ।

अहिले उक्त भिडियो अमूक दलको प्रचार सामग्रीका रूपमा प्रयोग भएको दाबी उनको छ । घिमिरेले अमूक दलका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीलााई लक्षित गरेका हुन् ।

‘मैले कुनै पनि सन्धिमा हस्ताक्षर गरेको छैन । त्यस समयमा म सांसद, मन्त्री वा राज्यको कुनै पनि जिम्मेवारीमा थिइनँ,’ घिमिरेले भनेका छन् ।

आफूले लोकतान्त्रिक पार्टीभित्र भएको बहसमा व्यक्तिगत धारणा मात्रै राखेको र त्यसमा पक्ष–विपक्षमा धेरै नेताले विचार राखेको उनले बताएका छन् ।

पार्टीको वैकल्पिक केन्द्रीय सदस्यहरूले छिमेकी देशसँग सन्धि गर्ने हैसियत नै नहुने भन्दै यस्तो आरोप लगाइनु दु:खद भएको घिमिरेले उल्लेख गरे ।

घिमिरेले आफू ५० वर्षदेखि राजनीतिमा सक्रिय रहेको बताएका छन् । उनले राजनीति आफ्ना लागि सेवा भएको जिकिर गरे । बिनाश्रमको एक रुपैयाँ पनि नलिएको बताउँदै उनले ओहोदा वा प्राप्तिका लागि राजनीति नगरेको बताए ।

तीन वर्षअघि प्राप्त जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेको दाबी गर्दै घिमिरेले झापा क्षेत्र नं. २ का मतदातालाई विगत तथा पछिल्लो तीन वर्षको आफ्नो कामको निष्पक्ष मूल्यांकन गर्न आग्रह गरे । आफूबाट कहीँ त्रुटि भेटिए स्वीकार गर्न तयार रहेको उनले बताएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  २ : ५९ बजे

फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले

काठमाडौं– सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रसारण गर्नसक्ने प्राइभेट

अत्यधिक गर्मी र लु को जोखिम बढ्दो : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं– पछिल्लो समय देशका विभिन्न भागमा गर्मी लगातार बढिरहेको छ

के हो सामाजिक सञ्जालमा भाइरल ३७० को चिकेन बिरयानी कन्ट्रोभर्सी ?

काठमाडौं- भारतमा एक जना युवकले स्ट्याण्ड-अप कमेडी शोमा आफ्नो पहिलो

विभिन्न ३ प्रकारका औषधीको आयात तथा बिक्रीमा कडाइ, विभागद्वारा नयाँ व्यवस्था लागू

काठमाडौं– औषधि व्यवस्था विभागले प्रेगाबालिन डाइसाइक्लोमिन र प्रोमेथाजिन समूहका औषधिको दुरुपयोग

उपराष्ट्रपति यादव र कोशी प्रदेश प्रमुख खापुङबीच भेट

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज