चुनावमा हुने कुनै पनि प्रकारका धाँधली स्वीकार्य हुँदैन : अध्यक्ष ओली « Khabarhub

चुनावमा हुने कुनै पनि प्रकारका धाँधली स्वीकार्य हुँदैन : अध्यक्ष ओली


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली स्वीकार्य नहुने स्पष्ट पारेका छन् । 

शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा ओलीले चुनावलाई निष्पक्ष, धाँधली रहित बनाउन सरकार गम्भीर नदेखिएको आरोप लगाउँदै कुनै पनि प्रकारका धाँधली स्वीकार्य नहुने स्पष्ट पारेका हुन् । 

उनले प्रचार–प्रसार र निर्वाचनका क्रममा कुनै अनुचित क्रियाकलाप भए त्यसलाई रोक्नुपर्ने बताए । 

ओलीले असंवैधानिक तरिकाले नभई लोकतान्त्रिक र संवैधानिक बाटोबाट देशको समस्याको समाधान होस् भन्ने एमालेले चाहेको धारणा राखे ।

उनले मुलुकमा भइरहेको संसद् भंग गरेर आगो लगाउने र अलोकतान्त्रिक बाटो हिँड्न खोज्नेहरूको सरकार बनाउनका लागि निर्वाचन गराउन खोजिएको आशङ्का व्यक्त गरे । 

जे–जस्तो अवस्थामा भए पनि निर्वाचन हुन लागेकाले स्वतन्त्र, निष्पक्ष र धाँधली रहित, शान्तिपूर्ण वातावरण निर्वाचन सम्पन्न हुनुपर्ने उनको भनाइ छ ।

उनले राज्य संयन्त्रले निष्पक्ष र तटस्थ रहेर शान्तिपूर्ण ढङ्गले सम्पन्न गराउन भूमिका खेल्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ३ : १० बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार