पाँच वर्ष देश बनाउने स्पष्ट भिजनका साथ अगाडि बढेका छौँ : गगन थापा « Khabarhub

पाँच वर्ष देश बनाउने स्पष्ट भिजनका साथ अगाडि बढेका छौँ : गगन थापा


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश बनाउने स्पष्ट भिजनमा पार्टी अघि बढेको बताएका छन् ।  

शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित पार्टीको प्रदेशस्तीय चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले सबैलाई समेटेर जनताले चाहेको जस्तो देश बनाउन पाँच वर्षको स्पष्ट भिजनका साथ पार्टी अघि बढेको बताएका हुन ।

उनले संविधान संशोधन गर्दै देशलाई अघि बढाउन सबैको साथ आवश्यक रहेकाले निषेधको राजनीति गर्ने मनोवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए ।

नयाँका नारामा बहकिदा यसअघि देशका महत्त्वपूर्ण समय खेर गएको भन्दै सभापति थापाले पुराना र नयाँको नारामा नभई स्पष्ट भिजन भएका पार्टीलाई चयन गर्न आग्रह समेत गरे  ।

उनले अहिले देखिएका समस्याको पहिचान गर्दै कानुन संशोधन गर्नुपर्ने जरुरी रहेको बताए । सभापति थापाले कुनै एक व्यक्तिले मात्रै चमत्कार गर्न नसक्ने भएकाले पद्धतिमा सुधार गर्नुपर्ने धारणा राखे । 

अहिलेको अवस्थामा कांग्रेसलाई भोट नहाल्नुपर्ने एउटा पनि कारण नरहेकाले कसैलाई गाली नगरी मतदातालाई सम्झाउन उनले नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ३ : ५३ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत