रास्वपामा गएको केही दिनमै एमालेमा फर्किए बामदेव गुरुङ « Khabarhub

रास्वपामा गएको केही दिनमै एमालेमा फर्किए बामदेव गुरुङ


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

दाङ- घोराही उपमहानगरपालिका वडा नम्बर ४ का बामदेव गुरुङ नेकपा एमालेमै फर्किएका छन् ।

केही दिनअघि एमाले परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका गुरुङलाई एमालेका केन्द्रीय सदस्य सुजिता शाक्यले पुनः पार्टीमा फर्काएकी हुन् ।

गुरुङले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै फेरि एमालेमै सक्रिय भएर काम गर्ने निर्णय लिएका हुन्। उनी लामो समयदेखि एमालेको संगठन निर्माण र स्थानीय तहको राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।

गुरुङको पुनरागमनले वडा नम्बर ४ सहित घोराही क्षेत्रमा एमाले संगठन थप सुदृढ हुने पार्टी नेताहरूको विश्वास छ ।

एमालेले पछिल्लो समय जिल्लामा संगठन विस्तार र कार्यकर्ता एकतामा जोड दिँदै आएको छ । यसमा गुरुङको फिर्तीलाई सकारात्मक मानिएको छ।

गुरुङले आफू पार्टीभित्रै रहेर जनताको विकास र समृद्धिका पक्षमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ६ : ५९ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली