रास्वपा र नेकपा छाडेका साढे ३ सय युवालाई एमालेमा भित्र्याए उपाध्यक्ष पौडेलले « Khabarhub

रास्वपा र नेकपा छाडेका साढे ३ सय युवालाई एमालेमा भित्र्याए उपाध्यक्ष पौडेलले


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपासहित विभिन्न पार्टीमा सैनामैना तथा बुटवल-१२ र १३ बाट साढे ३ सय जनालाई नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीमा प्रवेश गराएका छन् ।

शुक्रबार बिहान बुटवल उपमहानगरको वडा नं १२ र १३ बाट र दिउँसो सैनामैनाको विभिन्न वडाबाट साढे ३ सय जनालाई पार्टी प्रवेश गराइएको जिल्ला उपसचिव बाबुराम पन्थीले जानकारी दिए ।

सैनामैना क्षेत्रबाट प्रवेश गर्ने ३ सय जनाको संयोजनक वडा नं १ शाखा कमटिीका उपाध्यक्ष चक्र शाहीले गरेका थिए ।

आफ्नो क्षेत्रमा रहेका रास्वपा, नेकपासहितका विभिन्न दलमा आस्थावानहरुले एमालेप्रति भरोसा गरेर प्रवेश गर्न चाहेकाले संयोजन गरेर पार्टी कार्यालयमा ल्याएको र उपाध्यक्ष विष्णु पौडेलमार्फत पार्टीमा स्वागत गराएको उनको भनाइ छ ।

‘भूमिहिन, लालपूर्जाबिहीनहरुको भरोसाको पार्टी बनेको छ, नयाँ जेनजीहरु जो भ्रममा परेर बसेका थिए उनीहरु पनि आजको प्रवेशमा सहभागी छन्, पार्टी नेतृतवले यी कार्यकर्ताको मनोभावना बुझेर अघि बढोस्, आज प्रवेश गरेकाहरुलाई पार्टीमा उचित जिम्मेवारी दिएर काममा खटाउन सकोस्’ उनले भने ।

उनीहरुलाई पार्टीमा स्वागत गर्दै उपाध्यक्ष पौडेलले विभिन्न हल्लाका कारण एमालेको जिम्मेवारीमा नरहेकाहरुले आफैले नै पार्टी प्रवेश गरेर बलियो एमाले बनाउन चाहेकोमा निकै खुसी लागेको बताउँदै अब त्यो क्षेत्रको भरोसा गर्नेखालको काम गरेर देखाउने बताए ।

‘मैले यहाँ आएका जेनजी उमेरका, पाकापुस्ता सबैलाई देखेको छु, सबैले एमाले र मेरो आधार मानेर विश्वास गर्नुभएको छ, हामी तपाईहरुको भावनाअनुसार अघि बढ्नेछौं’ उनले भने ।

पार्टी प्रवेश कार्यक्रममा एमाले लुम्बिनी उपाध्यक्ष तथा रुपन्देही २ निर्वाचन परिचालन कमिटीका संयोजक भोजप्रसाद श्रेष्ठले सबै क्षेत्रबाट आएका सुझावका आधारमा पार्टीले काम गर्ने र आफ्नो क्षेत्रमा आएका समस्याहरु तत्कालै दिन सबैलाई आग्रह गरेका थिए ।

शुक्रबार नै बुटवल १२ मा दर्जनौं युवाहरू पार्टीमा प्रवेश गरेको एमाले बुटवलका अध्यक्ष शोभाखर पोखरेलले जानकारी
दिए । उनीहरूलाई पनि एमाले उपाध्यक्ष पौडेलले पार्टी प्रवेश गराउँदै युवाको योजनाअनुसार अघि बढ्ने जनाएका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ७ : १८ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क