इरानबाट ‘जतिसक्दो छिट्टै’ बाहिर निस्कन आफ्ना नागरिकलाई चीनको आग्रह « Khabarhub

इरानबाट ‘जतिसक्दो छिट्टै’ बाहिर निस्कन आफ्ना नागरिकलाई चीनको आग्रह


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले शुक्रबार आफ्ना नागरिकहरूलाई ‘जतिसक्दो छिट्टै’ इरानबाट बाहिर निस्कन आग्रह गरेको छ। चीनको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा भनिएको छ, “अहिले इरानमा रहेका चिनियाँ नागरिकलाई सुरक्षा सावधानी अपनाउन र जतिसक्दो चाँडो सुरक्षित स्थानमा जान सल्लाह दिइएको छ ।”

सोही दिन संयुक्त राज्य अमेरिकाले इजरायलबाट दूतावासका गैर–आपतकालीन कर्मचारीहरूलाई इरान छोड्न सुझाव दिएको थियो । अमेरिकाले मध्यपूर्वमा दशकौँको सबैभन्दा शक्तिशाली सैन्य निर्माणलाई रोक्न दबाब दिएको र अन्यथा इरानमाथि आक्रमणको चेतावनी दिएको छ ।

इरान र अमेरिकाबीच ओमानको मध्यस्थतामा भएको वार्ताको एक दिनपछि अमेरिका र चीनले आफ्ना मुलुकका नागरिकलाई अति आवश्यक बाहेक त्यहाँ नबस्न अनुरोध गरेका छन् । वार्ता युद्ध रोक्नको लागि अन्तिम प्रयासको रूपमा हेरिएको छ ।

वार्तामा तेहरानले वाशिङ्गटनलाई सम्झौतामा पुग्न ‘अत्यधिक कडा माग’ छोड्नु पर्ने चेतावनी दिएको थियो । बेइजिङको विदेश मन्त्रालयले शुक्रबार आफ्ना नागरिकलाई ‘हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै तत्कालका लागि इरानको यात्रा नगर्न’ भनेको हो ।

इरान र छिमेकी मुलुकहरूमा रहेका चिनियाँ दूतावास र वाणिज्य दूतावासले व्यावसायिक उडान वा स्थलमार्गबाट स्थानान्तरण गर्न चाहने चिनियाँ नागरिकहरूलाई ‘आवश्यक सहयोग’ प्रदान गर्ने विदेश मन्त्रालयले बताएको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ७ : २३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार