चितवनबाट तनहुँ पुगेका रविलाई मुख्य सडकमै कालोझण्डा « Khabarhub

चितवनबाट तनहुँ पुगेका रविलाई मुख्य सडकमै कालोझण्डा


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

तनहुँ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई तनहुँको दमौलीमा कालो झण्डा देखाइएको छ।

पूर्वऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका कार्यकर्ताहरूले रविलाई कालो झण्डा देखाउँदै विरोध जनाएका हुन् ।

चितवन हुँदै तनहुँ सदरमुकाम दमौलीमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका बेला लामिछानेले विरोधको सामना गर्नुपरेको हो । उज्यालो कार्यकर्ताले राजमार्गमै बसेर रविलाई कालोझण्डा देखाए ।

उज्यालोका कार्यकर्ताले रविलाई कालो झण्डा देखाउनुको कारण खुलेको छैन । यहाँ उज्यालोबाट मञ्जिल रानाले उम्मेदवार छन् । चितवनमा सँगै भए पनि वरिष्ठ नेता बालेन्द्र साह भने तनहुँ गएका थिएनन्।

उज्यालो नेपालका कार्यकर्ताको विरोधका क्रममा प्रहरीले हस्तक्षेप गर्दा केही बेर तनाव पनि भयो । कालोझण्डा देखाउनेहरू केहीबेर प्रहरीको नियन्त्रणमा पनि परे।

पुरूष प्रहरीले महिलालाई समेत समातेको र धकेलेको बताउँदै उज्यालो नेपाल कार्यकर्ता दमौली बजारको सडकमै धर्ना बसेका छन् ।

रास्वपा र उज्यालो नेपालबीच गत पुस १४ गते एकता भएको थियो । तर उक्त एकता १२ दिनपछि पुस २६ गते तोडिएपछि कुलमानले उज्यालो नेपालको अध्यक्षको जिम्मेवारी सम्हालेका छन्।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ७ : ३३ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार