भीडभाड गरेर फागु खेल्न नपाइने « Khabarhub

भीडभाड गरेर फागु खेल्न नपाइने


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि सार्वजनिकस्थलमा भीडभाड हुने गरी खेल्न नपाइने भएको छ ।

निर्वाचनको सुरक्षा संवेदनशिलता र आचारसहिंताका कारण सडक तथा सार्वजनिक भीड जम्मा हुने गरी कुनै पनि मेला, साङ्गीतिक कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक रुपमा सूचीत गरेको हो ।

कार्यालयले आज जारी गरेको सूचनामा फागु पर्वलाई लक्षित गरी कार्यक्रम गर्न कसैलाई पनि अनुमति नदिइएको उल्लेख छ । परिवार मिलेर घरपरिसरमा सभ्य र सुसंस्कृत रुपमा फागु पर्व मनाउन कार्यालयले आग्रह गरेको छ । फागुपूर्णिमा मनाउने क्रममा सुरक्षा नियम र आचारसहिंता पालना गर्न सम्बद्ध सबै पक्षलाई अनुरोध गरिएको छ ।

फागु खेल्ने क्रममा प्रचलित कानुन विपरीत कार्य गरेको पाइएमा जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउने कार्यालयले जनाएको छ । यही फागुन १८ गते पहाड र १९ गते तराई क्षेत्रमा फागुपूर्णिमा मनाइँदैछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  १० : २९ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क