रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना « Khabarhub

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२ का पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

उनले आज एक सन्देश जारी गर्दै रामनवमी पर्व धार्मिक उत्सवमात्र होइन, सत्य, धर्म र मर्यादाका प्रतीक भगवान् श्रीरामको जीवन आदर्शलाई आत्मसात् गर्ने अवसर भएको उल्लेख गरेका छन् । 

उनले भनेका छन्, ‘श्रीरामले समाजमा न्याय, सद्भाव र शान्ति स्थापना गर्दै कर्तव्यपालनको सर्वोच्च उदाहरण प्रस्तुत गरेका थिए । उनको जीवनले हामीलाई सत्य, निष्ठा, धर्मपालन, अनुशासन र नैतिक आचरणलाई जीवनको आधार बनाउन सदैव प्रेरित गर्दछ ।’

उपराष्ट्रपति यादवले रामनवमीका अवसरमा गरिने भजनकीर्तन, पूजापाठ र उपासनाले नागरिकलाई भक्ति, अध्यात्म र परोपकारतर्फ उन्मुख गराउने उल्लेख गर्दै यस पर्वले समाजमा सद्भाव, सहयोग, भाइचारा र जनकल्याणको भावनालाई जागृत गर्ने विश्वास व्यक्त गरे । 

हाम्रा मौलिक परम्परा, संस्कार, संस्कृति, धर्म र आस्थाले वैरभाव र क्लेशबाट अलग राखी शान्ति, परोपकार र सदाचारको मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै उनले रामनवमी पर्व नेपाली समाजलाई नैराश्य र अनैतिकताबाट उन्मुक्ति दिलाउने शङ्खनादको माध्यम पनि बनोस् भनी कामना गरे । 

उपराष्ट्रपति यादवले सन्देशमा भनेका छन्, ‘यस अवसरमा सबै नेपालीले श्रीरामझैँ सत्य, धर्म र मर्यादित संकल्पका साथ जीवनयात्रा अघि बढाउन प्रेरणा प्राप्त गरून् । रामनवमी पर्वले हाम्रो समाजलाई नैतिकता, सद्भाव र एकताको मियो बनेर राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सामाजिक बन्धुत्वलाई अझ सुदृढ बनाओस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
 

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ६ : २९ बजे

‘विश्वकपको खेल सकिएलगत्तै इरानी टोलीलाई अमेरिका छाड्न बाध्य पारियो’

क्यालिफोर्निया- इरानका मुख्य प्रशिक्षक अमिर घालेनोईले आफ्नो टोलीलाई सम्भवतः ‘सम्पूर्ण

चुनावी समीक्षा र पार्टी पुनर्गठन अभियानमा एमाले, ओलीले भने, ‘कामको प्रचारमा चुक्दा सबैभन्दा ठूलो धक्का खायौँ’

काठमाडौं- फागुन २१ को निर्वाचनबाट प्रत्यक्षतर्फ ९ सिटमा खुम्चिएको नेकपा

 प्रदेश बजेट : सुदूरपश्चिमले अझै सच्याउँदैछ, के छन् ६ प्रदेशको बजेटमा नयाँ विशेषता ?

काठमाडौं– असार १ गते साँझसम्म ६ वटा प्रदेश र मध्यरातसम्म

विनियोजन विधेयकमाथि छलफल जारी : खर्च कटौतीका प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

काठमाडौं– सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात