‘बेहुली’मा कुल ब्वाइ र दिव्याको जोडी « Khabarhub

‘बेहुली’मा कुल ब्वाइ र दिव्याको जोडी


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टिकटकबाट चर्चामा आएका पारस बम (कुल ब्वाइ) र नायिका दिव्या रायमाझीले फिल्म ‘बेहुली’मा अनस्क्रिन रोमान्स गर्ने भएका छन् ।

शुभमुहूर्त गर्दै बिहीबार यस फिल्म निर्माण र प्रदर्शन मिति घोषणा गरिएको हो ।

निर्माता अर्जुन पोखरेलका अनुसार यस फिल्मको छायाङ्कन यही साताबाट सुरु हुनेछ भने भदौ १२ लाई प्रदर्शन मिति घोषणा गरिएको छ ।

संगीतकार अर्जुन पोखरेल यही ‘बेहुली’बाट निर्माणमा डेब्यू गर्ने भएका हुन् ।

माधव शर्माको कथामा बन्ने यस फिल्मको निर्देशक सशान कँडेल हुन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘होस्टल ३’मा उनीहरू सोही जिम्मेवारीमा थिए ।

निर्देशक कँडेलले कुल ब्वाइलाई अर्को फिल्ममा पनि दोहोर्‍याएका हुन् । अर्थात्, फिल्ममा डेब्यू गराउने निर्देशकसँगै उनले दोस्रो फिल्म गरेका हुन् ।

नायक दिलिप रायमाझीकी छोरीसमेत रहेकी दिव्या र कुल ब्वाइले भने पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन् ।

फिल्ममा सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, लोकेन्द्र लेखक, सबिन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  २ : ०८ बजे

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन

मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री

काठमाडौं- वादी समुदायबाट पहिलो पटक सीता वादी मन्त्री बनेकी छिन्

संक्रमणकालीन न्यायको विषय अब टुङ्ग्याउनुपर्छ : मन्त्री गौतम

काठमाडौं- कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लामो समयदेखि

दुई अमेरिकी विश्वविद्यालयमा पढेका शिशिरलाई कूटनीतिको कमान्ड

काठमाडौं- नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा राष्ट्रिय