डा वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी « Khabarhub

डा वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दमौली–  तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले  अर्थमन्त्री बनेका छन्  । रास्वपा सभापति रवि लामिछानेले निर्वाचन अगावै डा वाग्लेलाई अर्थमन्त्रीको जिम्मेवारी बनाइने अभिव्यक्ति दिएका थिए । 

आफ्नो क्षेत्रबाट निर्वाचित सांसद देशको महत्त्वपूर्ण जिम्मेवारीमा आएपछि तनहुँ क्षेत्र नं १ का स्थानीय खुसी भएका छन् । डा वाग्ले यहाँबाट दोस्रोपटक निर्वाचित भएका हुन् । 

उनी विसं २०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा ३४ हजार ९११ मतसहित पहिलोपटक विजयी भएका थिए । डा वाग्ले गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३८ हजार ४० मतसहित दोस्रो पटक विजयी भएका हुन् । 

अर्थशास्त्री, नीतिगत विज्ञ र योजनाविद्का रूपमा पहिचान बनाएका वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी प्राप्त गरेपछि तनहुँवासी थप खुसी भएका छन् । 

तनहुँको म्याग्दे निवासी मनोज अधिकारीले डा वाग्लेको अर्थमन्त्रीको जिम्मेवारीले आफूहरूलाई खुसी तुल्याएको प्रतिक्रिया दिए  । उनले भने, ‘डा वाग्ले देशको अर्थतन्त्र सुधार गर्नसक्ने सक्षम व्यक्ति हो । जिल्लाले अर्थमन्त्रीका रूपमा उहाँलाई पाउनु हामी सबैका लागि गौरवको कुरा हो ।’

बन्दीपुरका सिद्धान्त गर्जा मगरले सामाजिक न्यायसहितको अर्थनीति, सुशासन, आर्थिक सुधार र गुणस्तरीय पूर्वाधारलाई अब सैद्धान्तिक हिसाबले मात्र नभई व्यावहारिक ढङ्गबाट अगाडि बढाउन डा वाग्ले सफल हुने विश्वास व्यक्त गरे ।

गोरखा जिल्लामा जन्मिए पनि वाग्लेले आफ्नो संसदीय यात्रा तनहुँबाट सुरु गरेका छन् । सामान्य परिवेशमा हुर्किएका डा वाग्ले अन्तरराष्ट्रिय ख्यातीप्राप्त विश्वविद्यालयबाट अध्ययन गर्दै देश विदेशमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । 

उच्च शिक्षापछि विभिन्न अन्तरराष्ट्रिय संस्थामा काम गर्नुभएका वाग्लेले नेपाल फर्किएपछि राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसेका छन् । 

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  २ : २५ बजे

महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज !

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका

अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान