बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु  « Khabarhub

बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु 


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोलखाबाटको ल्याप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा ५ जना सवार रहेको खुलेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) त्रिभुवन विमानस्थल कार्यालयका अनुसार ९ एन-एनओ दर्ता नम्बरको एएस ३५०  हेलिकप्टर दिउँसो करिब १:३० बजेदेखि सम्पर्कविहीन भएको हो।

हेलिकप्टर काठमाडौं–चरिकोट–ल्हाप्चा–चरिकोट–काठमाडौं उडान कार्यक्रमअन्तर्गत ल्हाप्चाबाट १२:१७ बजे चरिकोटतर्फ उडेको थियो । हेलिकप्टरमा चालक दलका रूपमा १ जना क्याप्टेन र यात्रु ५ जना सवार थिए । 

नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टर सम्पर्कविहीन भएपछि सुरक्षा निकाय र सम्बन्धित निकायले खोजीकार्य तीव्र बनाएका छन्।

हेलिकप्टरको अवस्थाबारे हालसम्म स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन। सुरक्षा निकायले सम्भावित लोकेशन पहिचान गरी खोजी अभियान जारी राखेको जनाएको छ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ४ : ३७ बजे

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौं– खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन

सुनकोशीमा बेपत्ता पराजुली दम्पत्तिमध्ये श्रीमती तिलकुमारीको शव भेटियो

काठमाडौं- काभ्रेपलाञ्चोकको दोलालघाटबाट गत बुधबार सुनकोशीमा हाम फाम फालेका पराजुली

माडी जाने सडकको झाडी सफाइ गरिँदै

नारायणगढ– चितवनको भरतपुर महानगरबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने

महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज !

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका