काठमाडौंसहित विभिन्न जिल्लामा वर्षा  « Khabarhub

काठमाडौंसहित विभिन्न जिल्लामा वर्षा 


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर मौसम बदली भई काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु भएको छ । अहिले सातै प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले आज र भोलि मौसम बदली रही वर्षा हुने जानकारी दिए । उनका अनुसार पछिल्लो एक घण्टामा करिब ५० मिलीमिटर वर्षामापन केन्द्रमा वर्षा मापन गरिएको छ । 

त्यसमध्ये सबैभन्दा बढी सङ्खुवासभामा २७ मिलीमिटर र नुवाकोटमा २६ मिलीमिटर वर्षा भएको सूचना अधिकारी कायस्थले जानकारी दिए  । लमजुङमा १७, चितवनमा छ दशमलव चार, म्याग्दीमा छ दशमलव चार, कास्कीमा सात दशमलव आठ, तनहुँमा सात दशमलव दुई मिलीमिटर वर्षा भएको छ । 

पछिल्लो तीन घण्टामा भने म्याग्दी र सङ्खुवासभामा भारी वर्षा भएको जनाउँदै कायस्थले म्याग्दीमा ६० मिलीमिटर र सङ्खुवासभामा ५० मिलीमिटर वर्षा भएको बताए । उनका अनुसार देशभरको मौसम बदली भएको छ । 

विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । विभागले आज जारी गरेको बुलेटिनमा आज राति देशका हिमाली भूभागमा आंशिक बादल तथा कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराईका बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

सोही कारण कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै तथा तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ, हुरीबतास र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागका सूचना अधिकारी कायस्थले जानकारी दिए । 

शनिबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्ने र बाँकी भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ ।

कोशी, मधेस, बागमती प्रदेशका केही स्थान तथा बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । रासस

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ६ : १६ बजे

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन