हेलिकप्टरमार्फत गर्भवतीको उद्वार « Khabarhub

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज हेलिकप्टरमार्फत उद्वार गरिएको छ । हुम्लाको सिमकोट गाउँपालिका–४ बुराउसेकी २५ वर्षीया अस्मिता बुढा लामालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा उमाकान्त तिवारीले जानकारी दिए ।

आज बिहान सिमकोट बजारस्थित घरमै सुत्केरी व्यथा लागेपछि बुढालाई तत्काल हुम्ला जिल्ला अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा गरिएको परीक्षणका क्रममा गर्भभित्र रहेको शिशुले मलमुत्र खाइसकेकाले अवस्था गम्भीर देखिएपछि तुरुन्तै शल्यक्रिया गर्नुपर्ने निष्कर्ष स्वास्थ्यकर्मीले निकालेका थिए ।

अस्पतालमा कार्यरत दुई चिकित्सक जिल्ला बाहिर रहेकाले तत्काल यो सेवा जिल्ला अस्पतालमा उपलब्ध हुन नसकेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत उद्धार गरिएको हो ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ७ : ४४ बजे

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई विशेष

प्रदेश बजेटको प्राथमिकतामा परेनन् सामाजिक उत्थान कार्यक्रम

काठमाडौं- सोमबार सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । प्रदेशले

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध

सानिगाड हाइड्रोको स्थानीय सेयरमा गम्भीर अनियमितता, सनराइज क्यापिटलसँगको सेटिङमा प्रभावित क्षेत्रबाहिरका व्यक्तिको रजाइँ

काठमाडौं– बझाङ जिल्लाको बुंगल नगरपालिकामा सञ्चालित ३८.४६ मेगावाट क्षमताको माथिल्लो