आज २०८३ साल वैशाख १४ गते सोमबारको राशिफल « Khabarhub

आज २०८३ साल वैशाख १४ गते सोमबारको राशिफल


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८३ साल वैशाख १४ गते सोमबार। वैशाख शुक्ल पक्षको एकादशी तिथि । मोहिनी एकादशी व्रत । तदनुसार सन् २०२६ अप्रिल २७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : शुभ दिन छ । बिग्रिएका कामहरु बन्नेछन्। शिक्षा क्षेत्रको गहिरो अध्ययनले अवसर सिर्जना हुनेछ। आम्दानीका स्रोत धेरै भएकाले सदुपयोग गर्नु उचित हुनेछ। अवसरको सदुपयोग गर्न सक्दा फाइदा हुनेछ।

वृष : दिन सामान्य छ। लगानीका क्षेत्रमा सोचेको जस्तो नतिजा प्राप्त नहुने जोखिम रहेको छ। परिवार र साथीबाट असहयोग हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। स्वास्थ्यमा भने सुधार हुनेछ।

मिथुन : दिन शुभ रहेको छ । परिवारमा शान्त भएर बस्नु उचित हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहेनतको फल प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : सोचेका दैनिक काम बन्नेछन्। स्वास्थ्यमा भने सुधार हुने दिन छ। रोगबाट मुक्ति मिल्दा मनमा उत्साह बढ्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। धार्मिक क्षेत्रका व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

सिंह : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर पाउने दिन छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन्। बोली र व्यवहारमा एकरुपता देखाउन नसक्दा खटपटी बढ्नेछ।

कन्या : धनको पछाडि लाग्दा इज्जतमा दाग लाग्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारको सल्लाह लिएर मात्र अगाडि बढ्नु उचित हुनेछ। प्रेम सम्बन्धमा भने सुधार हुनेछ।

तुला : दैनिक काम सहजै बन्नेछन्। अप्ठेरो सोचेका काम मिल्दै जानेछन्। बोली र व्यवहारमा एकरुपताको खाँचो छ। काम गर्नु अगाडि परिवारको सल्लाह लिनु सुखद् हुनेछ।

वृश्चिक : शिक्षाको क्षेत्रमा भाग्यको उदय हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो देखिन्छ। यात्रा गर्नु परेमा एक्लै नहिड्नुहोला। साथीभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ।

धनु : गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। सानो कुराले मनमा झन्झट बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दैनिकी सुरुवात गर्नु उचित हुनेछ। बौद्धिक व्यक्तिसँगको सहकार्यमा सचेत बन्नुपर्ने समय छ।

मकर : सामाजिक क्षेत्रमा साथ प्राप्त हुनेछ। खर्च बढ्ने जोखिम छ। इज्जतका लागि धन खर्च नगर्नु राम्रो हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यवहार गर्दा जोगिएर अगाडि बढ्नु उचित हुनेछ ।

कुम्भ : अरुको निर्णय सुन्न नसक्ने बानीले खटपटी बढ्नेछ। थोरै बोलेर अगाडि बढ्नुपर्नेछ। धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। मिहिनेत गरेमा सोचेको काम बन्नेछ ।

मीन :बोल्नु अगाडि तीन पटक सोच्नु उचित हुन्छ । दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनेछ। साथीभाइबाट असहयोग हुने खतरा छ। शिक्षाको क्षेत्रमा मिहेनतको खाँचो देखिन्छ। व्यापारमा घाटा हुनेछ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ५ : २५ बजे

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु