तरकारीले पाएन मूल्य, कृषक भन्छन्- मजदुरलाई दिने पैसा पनि उठेन « Khabarhub

तरकारीले पाएन मूल्य, कृषक भन्छन्- मजदुरलाई दिने पैसा पनि उठेन


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य समेत पाउन नसकेपछि यहाँका किसानहरू चिन्तित बनेका हुन् ।

विगत २० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएकी भरतपुर महानगरपालिका–२५ बुद्धिचोककी लक्ष्मी रानाभाट अहिले बोडी, काँक्रो, चिचिन्डा, करेलालगायतका तरकारीले उचित मूल्य पाउन नसकेको बताइन् । उनले भनिन्, ‘अधिकांश तरकारी प्रतिकिलो रु पाँचमा बेच्न बाध्य छौँ ।’

बाह्र विगाह क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी उनीतरकारीले उचित मूल्य नपाउँदा आफूलगायतका किसान मारमा परेको बताइन् । उनका अनुसार अहिले किसानले तरकारी बारीमै छाड्न बाध्य भएका छन् । मजदुरलाई दिने पैसा समेत उठ्न नसकेको उनको भनाइ छ ।
 
यस्तै गुनासो किसान सुमिना थापाको पनि छ । उनले २ विगाह क्षेत्रफलमा तरकारीखेती गर्दै आएकी छन् । उनको बारीमा अहिले तने बोडी, काँक्रा चिचिन्डा जस्ता तरकारी लगाउँदै आएकी छन् । 

उनले अहिले १० कठ्ठा जग्गामा लगाएको बोडी टिपेर मूल्य नपाए पछि त्यतीकै राखेकी छन् । उनले भनिन्, ‘तरकारीले मूल्य पाउन सकेन बिचौलीया मोटाएको देखियो ।’ किसान र उपभोक्ताबीचको मूल्यको अन्तर ठूलो भएपछि किसानहरुले तरकारी बिक्री गर्न सकेका छैनन् ।

उनका अनुसार लागत मूल्य समेत नपाउने भएकाले किसानले मजदुर लगाएर तरकारी टिप्न पनि छाडेका छन् । तरकारीले उचित मूल्य नपाएपछि किसान सङ्घर्ष समिति बनाएर प्रदर्शन गर्ने तयारीमा किसानहरू रहेको सङ्घर्ष समितिका संयोजक ईश्वरी न्यौपानेले बताइन् । 

न्यौपानेले भनिन्, ‘किसानसँग प्रतिकेजी ५ देखि १० रुपैयाँमा किनेर उपभोक्ताहरुकोमा पुग्दा ७० देखि ८० रुपैयाँमा बिक्री हुने गरेको छ ।’ 

आफूहरूले बजारमा उपभोक्ता मूल्य समेत बुझेको बताउँदै उनले अब किसानले बजारमा तरकारी नपाउनेसम्मका काम गर्ने तयारीमा रहेको बताइन् । बिउ, मल, बिषादी, जनशक्ति, सिंचाई, ढुवानीको लागत मूल्य समेत उठ्न नसकेको उनले बताइन्।

राज्यले तरकारीको न्यूनतम समर्थन मूल्य तोक्न समेत उनले आग्रह गरिन् । आयातित तरकारीले बजार पाउँदा यहाँ उत्पादित तरकारीले मूल्य पाउन नसकेको उनको भनाइ छ । यहाँ तरकारी चिस्यान केन्द्र स्थापना गर्न सके उत्पादित तरकारीले मूल्य पाउन सक्ने उनले जानकारी दिइन् ।

राष्ट्रिय कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई चितवनका अनुसार अहिले जिल्लामा तरकारी जोनका रुपमा ७७० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिँदै आइएको छ । जहाँ एक हजार कृषक सहभागी भएका छन् । अहिले बजार मूल्य नपाउँदा किसानहरू चिन्तित बनेको इकाईका प्रमुख महेश रेग्मीले बताए । रासस

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  १२ : ०४ बजे

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल

मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर – त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२ स्थित तिलटारमा तरकारी

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई