इयुको ‘मेड इन युरोप’ योजनामाथि चीनको कडा आपत्ति « Khabarhub

इयुको ‘मेड इन युरोप’ योजनामाथि चीनको कडा आपत्ति


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– युरोपेली सङ्घ (इयु) ले आफ्ना उद्योगलाई सुदृढ बनाउने उद्देश्यले अघि सारेको ‘मेड इन युरोप’ योजनाप्रति चीनले तीव्र असन्तुष्टि जनाउँदै प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिएको छ । 

विशेषगरी रणनीतिक क्षेत्रहरूमा विदेशी कम्पनीहरूलाई सीमित गर्ने खालका प्रावधानले चिनियाँ कम्पनीहरूको हितमा प्रत्यक्ष असर पर्ने भन्दै बेइजिङले यसलाई ‘प्रणालीगत भेदभाव’ को संज्ञा दिएको छ ।

इयुले गत मार्चमा सार्वजनिक कोषमा पहुँच चाहने कम्पनीहरूका लागि नयाँ नियमहरू सार्वजनिक गरेको थियो, जसअनुसार कार, हरित प्रविधि र इस्पात जस्ता क्षेत्रहरूमा काम गर्ने कम्पनीहरूले निश्चित मात्रामा इयुभित्रै उत्पादन गरिएका सामग्री प्रयोग गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । 

यो प्रस्ताव लामो समयदेखि चलिरहेको छलफल र विवादपछि आएको हो, जसको लक्ष्य युरोपेली उद्योगको प्रतिस्पर्धात्मक क्षमता पुनःस्थापित गर्नु, औद्योगिक गिरावट रोक्नु र रोजगारी जोगाउनु रहेको छ ।

चीनको वाणिज्य मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा इयुको प्रस्तावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै युरोपेली कमिसनसमक्ष आफ्ना टिप्पणीहरू पेश गरिसकेको जनाएको छ । यदि इयुले यो योजना लागू गरेमा चिनियाँ उद्यमहरूको वैध अधिकार र हितमा क्षति पुग्ने भन्दै चीनले आवश्यक परे प्रतिरोधात्मक उपायहरू अपनाउने स्पष्ट संकेत दिएको छ ।

इयुभित्रका व्यवसायहरूले भने लामो समयदेखि भारी सरकारी अनुदान पाएका चिनियाँ कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको गुनासो गर्दै आएका छन् । यसै पृष्ठभूमिमा ‘इन्डस्ट्रियल एक्सेलेरेटर एक्ट’ नाम दिइएको यो प्रस्तावले विदेशी कम्पनीहरूलाई युरोपेली साझेदारसँग सहकार्य गर्न र प्रविधि हस्तान्तरण गर्न बाध्य बनाउने व्यवस्था पनि समेटेको छ, जसले विशेषगरी चिनियाँ ब्याट्री र विद्युतीय सवारी उत्पादकहरूलाई असर पार्ने देखिन्छ ।

यसैबीच, इयुका लागि चिनियाँ चेम्बर अफ कमर्सले पनि उक्त योजना संरक्षणवादी नीतितर्फको सङ्केत भएको भन्दै यसले दुई पक्षबीचको व्यापारिक सहकार्यमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  १२ : ०८ बजे

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल

मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर – त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२ स्थित तिलटारमा तरकारी

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई