युद्धविरामबीच लेबनानमा इजरायली आक्रमण, १४ जनाको मृत्यु « Khabarhub

युद्धविरामबीच लेबनानमा इजरायली आक्रमण, १४ जनाको मृत्यु


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लेबनानमा लागू गरिएको युद्धविरामका बीच इजरायलले गरेको आक्रमणमा १४ जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमध्ये दुई बालबालिका र दुई महिला रहेका छन् भने ३७ जना घाइते भएका छन्। 

गत साताको बिहीबार मात्र दुवै देशबीच तीन साताका लागि युद्धविराम अवधि थप गरिएको थियो। तर त्यसयता पनि क्षेत्रको अवस्था तनावपूर्ण नै रहँदै आएको छ।

सम्झौताअनुसार इजरायललाई आफ्नो सुरक्षाका लागि आवश्यक कदम चाल्न अनुमति दिइएको छ। आक्रमणअघि इजरायली रक्षा बल (आईडीएफ) का प्रवक्ताले दक्षिणी लेबनानका केही गाउँका बासिन्दालाई तत्काल स्थान खाली गर्न चेतावनी दिएका थिए। त्यहाँ बसिरहनु ज्यानका लागि जोखिमपूर्ण हुने बताइएको थियो।

इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुँले सेना सक्रिय रूपमा खटिएको र कडा कारबाही गरिरहेको बताएका छन्। उनले हिज्बुल्लाहका गतिविधिले युद्धविराम उल्लङ्घन गरिरहेको आरोप पनि लगाएका छन्।

यस घटनापछि क्षेत्रको अवस्था थप जटिल बनेको छ भने अन्तर्राष्ट्रिय समुदायको चासो बढेको छ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  १ : ०९ बजे

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष