कांग्रेसले भन्यो : संसद् अधिवेशन बोलाइसकेर बिनाकारण स्थगित गर्नु गलत « Khabarhub

कांग्रेसले भन्यो : संसद् अधिवेशन बोलाइसकेर बिनाकारण स्थगित गर्नु गलत


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले संसद्को सर्वोच्चतालाई अमूल्यन गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले संसद्को अधिवेशन बोलाइसकेपछि बिना कारण स्थगित गर्ने कार्य उचित नभएको भन्दै संसद्को सर्वोच्चतालाई अमूल्यन गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

आह्वान भइसकेको संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याइए गम्भीर रुपमा असहमति जनाउने निर्णय भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । जनताको सर्वोच्च निकायको थलोमा हरेक कुराहरू पारदर्शी रूपमा छलफल हुनुपर्ने र त्यसैबाट कानुनहरू बनाउने आफुहरुको अपेक्षा रहेको उनले बताए ।

त्यस्तै बैठकले  पेट्रोलियम पदार्थको मूल्यवृद्धि र सीमामा देखिएका कठिनाइले नागरिकहरूको दैनिक जीवन प्रभावित भइरहेको भन्दै कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रण गर्न समेत माग गरेको छ । 

साथै बैठकले पार्टी सभापति गगन थापाको प्रस्तावमा संसदीय दलको नेतामा भीष्मराज आङ्गदम्बेको नाम प्रस्ताव गर्ने निर्णय भएको प्रवक्ता चालिसेले जानकारी दिए । 

त्यस्तै भाद्र २४ गते भएको घटनाको अनुसन्धानका लागि सरकार गम्भीर नभएको भन्दै निष्पक्षतापूर्वक छानबिन र अनुसन्धान गर्न ध्यानाकर्षण गराइएको उनले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ३ : ३७ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि