साहित्यकार खगिन्द्रा खुसीलाई ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’   « Khabarhub

साहित्यकार खगिन्द्रा खुसीलाई ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’  


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍– तेस्रो आँखा साहित्यिक समूहको आयोजनामा काठमाडौँको मध्य बानेश्वरमा एक समारोहका बीच ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’ अर्पण तथा साहित्यिक विमर्श कार्यक्रम सम्पन्न भएको छ । नेपाली साहित्यका विभिन्न आयामबारे विमर्श सहित सम्पन्न उक्त कार्यक्रममा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली आख्यान क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएबापत साहित्यकार खागिन्द्रा खुसीलाई ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’बाट सम्मानित तथा पुरस्कृत गरिएको छ। वरिष्ठ साहित्यकार एवं कार्यक्रमका प्रमुख अतिथि शैलेन्द्र साकारले खुसीलाई पुरस्कार हस्तान्तरण गर्दै उनको लेखनले नेपाली समाजको यथार्थलाई जीवन्त रूपमा चित्रण गरेको बताए ।

२०८२ वैशाख १३ गते आयोजना गरिएको कार्यक्रममा  ‘खुसीको गाउँ’ उपन्यासमाथिको समीक्षात्मक टिप्पणी गरिएको थियो । उक्त कृतिमाथि समीक्षा गर्दै डा. कमल राज शर्माले उपन्यासको शिल्प र सामाजिक चेतनामाथि प्रकाश पारे भने लेखक राजेश विद्रोहीले उपन्यासले बोकेको दार्शनिक र वर्गीय मुद्दाहरूको चर्चा गरेका थिए । 

साहित्यिक विमर्शका अर्का वक्ता पूर्व राजदूत डा. निर्मल विश्वकर्माले ‘गैरआवासीय नेपाली संघ र नेपाली साहित्य’ विषयमा आफ्नो गहन धारणा राख्दै प्रवासमा नेपाली भाषा र साहित्यको संरक्षणमा भइरहेका प्रयासबारे चर्चा गरेका थिए ।

प्रसिद्ध लेखक तथा अनुवादक युयूत्सु आरडी शर्माले ‘विश्वमा नेपाली साहित्यको वर्तमान स्थिति’ विषयमा विमर्श प्रस्तुत गर्दै नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा लैजान अनुवादको भूमिका अपरिहार्य रहेको औँल्याए । 

कार्यक्रममा साहित्यकार अन्चु सुवेदी, कवि विष्णु भट्टराई, कवि रामेश्वर राउत ‘मातृ दास’, कवि दिन दया रिजाल लगायतका स्रष्टाहरूले आ-आफ्ना रचनाहरू प्रस्तुत गरेका थिए । सो अवसरमा विभिन्न साहित्यकारहरू र बौद्धिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ५ : ४१ बजे

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया

ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार पहिचान र गुनासो सुन्न सर्वोच्चमा संयन्त्र

काठमाडौं । न्यायिक काम कारबाहीमा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताका क्षेत्रहरू

पूर्वराजालाई भेट्न नपाएपछि शितल निवास अगाडि एक युवाले आत्मदाह प्रयास

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि

बागमती सरकारबाट बाहिरियो एमाले, भोलि मन्त्रीहरूले राजीनामा बुझाउने

काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

वरिष्ठ पशु चिकित्सक घिमिरेलाई सेवाबाट हटाउने निर्णय

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु सेवा विभागका