सांसदहरूको सुझाव : निजी क्षेत्रको मनोबल बढाएर अर्थतन्त्र अघि बढाऔं « Khabarhub

सांसदहरूको सुझाव : निजी क्षेत्रको मनोबल बढाएर अर्थतन्त्र अघि बढाऔं


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले निजी क्षेत्रको मनोबल उच्च बनाएर मुलुकको अर्थतन्त्रलाई अघि बढाउनुपर्ने सुझाव दिएका छन् । 

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उनीहरूले निजी क्षेत्रको मनोबल अहिले खस्किएको भन्दै मनोबल उच्च बनाएर मुलुकको अर्थतन्त्रलाई अघि बढाउनुपर्ने सुझाव दिएका हुन् । साथै उनीहरूले आगामी बजेटलाई नजितामूखी बनाउन केन्द्रित गर्नुपर्ने धारणा समेत राखेका छन् ।

बैठकमा सांसद लिमा अधिकारीले निजी क्षेत्रको मनोबल उच्च बनाउन सके मात्रै आर्थिक क्षेत्र चलायमान हुने भएकाले यसमा ध्यान दिनुपर्ने र समितिका तर्फबाट पनि सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

उनले मुलुकको कर प्रणाली सुधारका साथै अर्थतन्त्रको दायरा बढाउने विषयमा पनि विज्ञहरूसँग छलफल गर्नुपर्ने सुझाव दिए । वित्तीय सुशासन कायम गर्न निगरानीमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

त्यस्तै सांसद पुष्पराज कंडेलले अत्यावश्यक भन्दा पनि अन्य ठाउँमा स्रोत विनियोजन गर्ने प्रवृत्तिलाई रोक्नुपर्ने बताए । साधन स्रोत विनियोजनमा हुने दुरुपयोग रोक्नका लागि पनि आगामी दिनमा ध्यान दिनुपर्ने उनले बताए ।

त्यस्तै अन्य समिति सदस्यहरूले बजेट विनियोजन पारदर्शी बनाउन समितिले पनि प्रभावकारी रुपमा काम गर्नुपर्ने सुझाव दिएका छन् । बैठकमा समितिको कार्यक्षेत्रका साथै आगामी कामकारबाहीका बारेमा छलफल भएको थियो । 

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ६ : १९ बजे

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष