राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत « Khabarhub

राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । 

त्यसैगरी ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ । 

ती दुई विधेयक प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सभामा प्रस्तुत गरेकी थिइन्  । 

सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद सुरेशकुमार आले मगर, पदमबहादुर परियार र खम्बबहादुर खातीले भाग लिएका थिए । 

छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले अपाङ्गता भएका व्यक्ति र पिछडिएका क्षेत्रको विषयमा सरकार गम्भीर रहेको उल्लेख गरिन् । राष्ट्रियसभाको अर्को बैठक जेठ १५ गते अपराह्न ५ः४५ बस्नेछ । 

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ४ : २१ बजे

बाढी प्रभावित हाइड्रोका टनेलमा खोजी तीव्र, ९२ सयभन्दा बढी सैनिक परिचालन

काठमाडौं– भोटेकोशी–त्रिशूली बाढीपछि प्रभावित हाइड्रोपावर आयोजनाका टनेलमा खोज तथा उद्धार

अमेरिकाद्वारा ४० टन आपतकालीन राहत सामग्री सहयोग

काठमाडौं- संयुक्त राज्य अमेरिकाको मानवीय संस्था सामरिटन्स पर्सले भोटेकोशी बाढीबाट प्रभावित

रसुवा बाढीमा बेपत्ताका आफन्त भन्छन्- खोजी तीव्र पार्नूस्, भेटिने आसमै छौँ

काठमाडौं– रसुवा बाढीका कारण बेपत्ता भएका नागरिकका आफन्तजनहरूले छिटो खोजी कार्य

संवैधानिक पदाधिकारीलाई २ वर्ष ‘कुलिङ अफ पिरियड’ प्रस्ताव

काठमाडौं– संवैधानिक निकायका पदाधिकारीलाई पदबाट अवकाश पाएपछि दुई वर्षसम्म ‘कुलिङ अफ

बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं– प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट