जेन-जी आन्दोलनका घाइतेहरूलाई निःशुल्क उपचार गराउन आयोगको सिफारिस  « Khabarhub

जेन-जी आन्दोलनका घाइतेहरूलाई निःशुल्क उपचार गराउन आयोगको सिफारिस 


१३ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार तथा औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरेको छ । 

बुधबार सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा हालसम्म पनि उपचाररत रहेका तथा जीवनभर वा लामो समयसम्म उपचार गराइरहनुपर्ने वा नियमित औषधि सेवन गर्नुपर्ने भनी दर्तावाला चिकित्सकबाट सिफारिस भएका घाइतेहरूको बाँकी सम्पूर्ण उपचार तथा औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै, जीविकोपार्जनको स्रोत नभएका मृतकका आश्रित परिवार वा परिवारका कम्तीमा एक जना सदस्यलाई रोजगारी वा स्वरोजगारको व्यवस्था गरी उनीहरूको बाँच्न पाउने अधिकारको सम्मान गर्नुपर्ने तथा यस कार्यमा प्रदेश सरकार र स्थानीय तहलाई समेत जिम्मेवार बनाउनुपर्ने माग गरिएको छ ।

यसैगरी, प्रदर्शनका क्रममा अपाङ्गता भई सहयोगी आवश्यक पर्ने घाइतेहरूलाई आजीवन सहयोगी वा सहयोगी भत्तासहित जीवनयापनका लागि आवश्यक आर्थिक स्रोत सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ४ : २६ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम