जेन-जी आन्दोलनका घाइतेहरूलाई निःशुल्क उपचार गराउन आयोगको सिफारिस  « Khabarhub

जेन-जी आन्दोलनका घाइतेहरूलाई निःशुल्क उपचार गराउन आयोगको सिफारिस 


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार तथा औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरेको छ । 

बुधबार सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा हालसम्म पनि उपचाररत रहेका तथा जीवनभर वा लामो समयसम्म उपचार गराइरहनुपर्ने वा नियमित औषधि सेवन गर्नुपर्ने भनी दर्तावाला चिकित्सकबाट सिफारिस भएका घाइतेहरूको बाँकी सम्पूर्ण उपचार तथा औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै, जीविकोपार्जनको स्रोत नभएका मृतकका आश्रित परिवार वा परिवारका कम्तीमा एक जना सदस्यलाई रोजगारी वा स्वरोजगारको व्यवस्था गरी उनीहरूको बाँच्न पाउने अधिकारको सम्मान गर्नुपर्ने तथा यस कार्यमा प्रदेश सरकार र स्थानीय तहलाई समेत जिम्मेवार बनाउनुपर्ने माग गरिएको छ ।

यसैगरी, प्रदर्शनका क्रममा अपाङ्गता भई सहयोगी आवश्यक पर्ने घाइतेहरूलाई आजीवन सहयोगी वा सहयोगी भत्तासहित जीवनयापनका लागि आवश्यक आर्थिक स्रोत सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ४ : २६ बजे

ग्लोबल आइएमई बैंकद्वारा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०८२-८३

भोटेकोशीको बाढी : २५ अर्बको बीमा दाबी, इन्जिनियरिङमा मात्रै २० अर्ब क्षति

काठमाडौँ – भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको

जेलेन्स्कीको चेतावनी : रूस–युक्रेन युद्धका कारण हवाई सुरक्षामा चुनौती बढ्न सक्ने

किएभ– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस–युक्रेन युद्ध जारी रहेसम्म युक्रेनी ड्रोन

तीनभाइको प्रतीक्षामा रामकुमार, ‘चुलो नबलेको हप्ता भयो, सम्झानाले सताइरहन्छ’

सप्तरी– रामकुमार यादव आफ्ना तीन भाइ एकैपटक घर आउन सक्ने

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका